अमेरिका- द्वन्द्वग्रस्त यमनमा खाद्यान्न सहयोगका लागि स्थापित खाद्यान्न भण्डारण केन्द्रसम्म पुग्न मानवीय सहयोगकर्मीको पहुँच हुन नसक्दा द्वन्द्वग्रस्त यमनी नागरिकको समस्या थप विकराल बन्दै गएको संयुक्त राष्ट्रसङ्घका महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले बताएका छन्।
उनले मङ्गलबार एक विज्ञप्ति जारी गरी होडेइडाको रेड सी मिल (सहायताका लागि खाद्यान्न भण्डारण केन्द्र)सम्म विश्व खाद्य कार्यक्रमको पहुँच नपुगेको र यो प्रष्टरूपमा एक दुखद अवस्था भएको बताए।
'रेड सी मिलमा करिब ३७ लाख नागरिकलाई करिब एक महिनाका लागि पुग्ने खाद्यान्न रहेको भएपनि केन्द्रसम्म सहायताकर्मीलाई पुग्न विद्रोहीले नदिँदा गाउँ-गाउँमा खाद्यान्न आपूर्ति गर्नमा सम्भव नभएको र केन्द्रमा भण्डारण भएको खाद्यान्न विग्रिने अवस्था आएको छ', सञ्चारकर्मीसँगको नियमित कुराकानीमा उनले भने।
गत बिहीबार अन्तर्राष्ट्रिय समुदायबाट मान्यता प्राप्त सरकार तथा अन्सार अल्लाह नामक हुथी विद्रोहीका प्रतिनिधिबीच मानवीय सहायताको च्यानल खुला गर्ने अनौपचारिक सहमति भएको थियो तर उक्त सहमति अनुसार सहायताका लागि राष्ट्रसंघीय अधिकारीलाई विद्रोहीको नियन्त्रण क्षेत्रमा रहेको भण्डारण केन्द्रमा पहुँच दिइएको छैन।
राष्ट्रसघीय अधिकारीले भने, 'दुबै समूह वार्ता गरिएको पानीजहाजबाट आफ्नो कार्यक्षेत्र फर्किएका छन्। सहायता आपूर्तिमा सहयोगका लागि कुनै प्रतिक्रिया विद्रोहीबाट आएको छैन। हामीले विद्रोही नियन्त्रित क्षेत्रमा जान अनुमतिका लागि प्रतिक्षा गरिरहेका छौँ।'
दुई समूहका प्रतिनिधिबीच यस हप्ताभित्र सहयोग आपूर्तिका लागि मार्ग प्रशस्त गर्ने सहमति बनेको थियो।
प्रवक्ताका अनुसार राष्ट्रसङघ र मानवीय सहायताकर्मीले खाद्यान्न सङ्कट भोगिरहेका एक करोड २० लाख नागरिकलाई सहयोग गर्न प्रयास गरिरहेका राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेर्रेसका प्रवक्ताले बताएका छन्। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।