• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

\'जनयुद्ध दिवस\' : माओवादीको मोहभंग, एमालेको अरुचि

64x64
नेपाल लाइभ बुधबार, फागुन १, २०७५  १४:३५
1140x725

काठमाडौं- २३ वर्ष पार गरेको ‘जनयुद्ध दिवस’लाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले धुम्बाराहीको एक हलमा स्मरण गर्‍यो। यसका लागि पार्टीका केही नेता तथा कार्यकर्ता एक घन्टासम्म पार्टी कार्यालयमा जम्मा भएका थिए।

युद्धकालमा तत्कालीन सरकारका विरुद्ध प्रतिरोध गर्दै जनयुद्ध दिवस मनाउने गरेको माओवादीले शान्तिकालमा प्रवेश गरेसँगै फरक तरिकाले मनाउने गरेको थियो। शान्ति प्रक्रियाका सुरुका वर्षमा तत्कालीन माओवादीले राजधानी सहरभर ‘राता मान्छेहरु’ उतार्ने गरेको थियो। 

काठमाडौंको मुकाम खुलामञ्चमा हजारौंलाई उतार्न सक्ने हैसियतमा माओवादी थियो। यद्यपि उसका कार्यक्रममा कति स्वस्फूर्त र कति जबर्जस्तीमा परेर आउँथे, त्यो बेग्लै कुरा हो। त्यस्ता सभामा भने नेता तथा कार्यकर्ताले चर्का नारा लगाउँथे। कार्यकर्तालाई जुरुक्क बनाउने खालको क्रान्तिकारी भाषण गर्थे। शासन व्यवस्थाका विरुद्ध पुनः हतियार उठाउने चेतावनी दिन्थे। सभाले भने बेस्सरी र लामोलामो ताली मार्फत नेताको कुरा अनुमोदन गर्थ्यो। 

विगतको क्रान्तिकारी छवि भएको माओवादीको शक्ति भुत्ते साबित भएको छ। चर्का नारा, राता मान्छे र उग्र भाषण माओवादीका लागि इतिहास बनेको छ।

युद्धका क्रममा भीषण आक्रमण गर्दै, मर्दै र मार्दै मनाउँदै आइएको जनयुद्ध दिवस मनाउने शैली शान्तिकाल आएसँगै बिस्तारै परिवर्तन हुन थाल्यो। क्रान्तिका जोस र सपना सकिएजस्तो देखिन थाल्यो। शान्तिकालको सुरुताका जनयुद्ध दिवस मनाउन सहभागी अटाइनअटाइ हुन्थे, पछिल्लो वर्ष उसका लागि पार्टी कार्यालय पनि ठूलो भएको देखियो।

वर्तमानमा ‘जनयुद्ध दिवस’
विगतको क्रान्तिकारी छवि भएको माओवादीको शक्ति भुत्ते साबित भएको छ। चर्का नारा, राता मान्छे र उग्र भाषण माओवादीका लागि इतिहास बनेको छ। संसदीय व्यवस्थामा फसिसकेको माओवादी पूर्व एमालेसँग एकता गरेपछि ‘जनयुद्ध दिवस’लाई ओझेलमा परेको बुधबारको घटनाक्रमले देखिन्छ।  

नवगठित पार्टीको केन्द्रीय कार्यालय पूर्व एमालेको कार्यालयलाई बनाइएको छ। पूर्व माओवादीको प्रधान कार्यालयलाई नेकपाले जनवर्गीय संगठनको कार्यालय बनाएको छ। जनयुद्ध दिवसको पहिलो कार्यक्रममा नेकपाका सहअध्यक्ष प्रचण्डले पेरिसडाँडाबाट सुरु गरे। सहिद स्मृति स्तम्भमा माल्यार्पणका लागि पुगेका प्रचण्डलाई स्वागत गर्न पूर्व माओवादीका नेता तथा कार्यकर्ता मात्रै पुगेका थिए। केन्द्रीय नेता लेखराज भट्ट र मणि थापाले प्रचण्डलाई पेरिसडाडामा स्वागत गरे। 

तर, उक्त कार्यक्रममा पूर्व एमालेका नेता कार्यकर्ता कोही देखिएनन्। एकै पार्टीमा रहेर पनि पूर्व एमालेका नेता कार्यकर्ताले आफ्नै अध्यक्ष उपस्थित कार्यक्रमलाई महत्त्व दिएनन्। प्रचण्डले सहिद स्मारकमा माल्यार्पण गरे। अन्य नेता कार्यकर्ताले जनयुद्ध दिवसको पक्षमा नारा लगाए। रातो अबिर टीका लगाई खुसी साटासाट गरे।

Ncell 2
Ncell 2
nimb
nimb

धुम्बाराहीको दृश्य
पार्टी महासचिव विष्णु पौडेलले जिल्ला तथा जनवर्गीय संगठनलाई ‘जनआन्दोलन र जनयुद्धका महान सहिदहरुप्रति श्रद्धाञ्जली कार्यक्रम’ राख्न परिपत्र गरेका थिए। बुधबारको कार्यक्रमका लागि अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई पनि उपस्थित गराउन चाहेका थिए। तर, ओलीले रुचि देखाएनन्।

केन्द्रीय कार्यलयमा हुने कार्यक्रम हुनुअघि महासचिव विष्णु पौडेललेसँगै आग्रह गर्न बालुवाटार पुगेका थिए। तर, ओली धुम्बाराही उपस्थित हुन चाहेनन्। प्रचण्डले ओलीलाई एक विषय मनाउन भने सफल भए। हरेक फागुन १ लाई जनआन्दोलनका सहिदहरुसँगै जोडेर श्रद्धाञ्जली कार्यक्रम राख्ने। 

जनयुद्धका कमाण्डर प्रचण्ड विगतका सहिद दिवसका सभाहरुमा जनयुद्धको एकोहोरो बखानमा समय खर्चिन्थे। बुधबारको कार्यक्रममा भने जनयुद्धसँगै अन्य राजनैतिक आन्दोलनलाई पनि उत्तिकै महत्व दिए। उनले दिवंगत एमाले नेता मदन भण्डारीको पक्षमा खुलेर धारणा राखे।

पुरानो एमालेको मुख्यालय (हाल नेकपा केन्द्रीय कार्यालय) मा बिहान ९ बजेदेखि पूर्व माओवादी कार्यकर्ताको प्रवेश सुरु भएको थियो। तर, पूर्व एमालेतर्फबाट कार्यालयमा प्रवेश गर्नेको संख्या अत्यन्त न्यून थियो। संख्या बढ्दै गएपछि माओवादीतर्फका नेताहरु अबिर लगाउन सुरु गरे। खुसी साटासाट गर्ने क्रममा अबिर लगाउनेहरुमा एमाले तर्फमा नेता कार्यकर्ता देखिएनन्। पूर्व माओवादी नेता कालीबहादुर मल्लले उपस्थितहरुलाई टीका लगाइदिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पूर्व एमालेतर्फका शीर्ष तहका नेतामा सचिवालय सदस्य वामदेव गौतम सबैभन्दा अघि कार्यालय प्रवेश गरे। कार्यक्रममा पूर्व एमालेबाट विष्णु पौडेल, सुवास नेम्वाङ, अमृत बोहरा, युवराज कार्की, वेदुराम भुसाल, जगत विश्वकर्मा लगायतका नेताहरु उपस्थित भए। गौतम औपचारिक कार्यक्रममा सुरु नहुँदै बाहिरिए। 

कार्यालय सचिव भएकाले विशेष गरी धुम्बाराहीका कार्यक्रमहरुको उद्घोषण कृष्णगोपाल श्रेष्ठले गर्ने प्रचलन थियो। बुधबारको कार्यक्रम भने त्यस्तो रहेन। श्रेष्ठको अरुचिले होला, सहिद श्रदाञ्जली कार्यक्रमको सञ्चालन प्रल्हाद बुढाथोकीले गरे। बुढाथोकी पूर्व माओवादीको केन्द्रीय कार्यलयका सचिव थिए।

मञ्चमा लहरै राखिएका सहिदहरुको तस्बिरमा दुवै पक्षका नेताले माल्यार्पण गरे। जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलसहित युद्धको क्रममा मारिएका आठ केन्द्रीय नेताहरुमा पूर्व एमालेका नेताहरुले पनि माल्यार्पण गरे। राणा शासनको विरुद्धमा लागेर ज्यान गुमाएका चार, सुखानी काण्डका चार र दोस्रो जनआन्दोलनमा ज्यान गुमाएका २६ सहिदहरुलाई सामूहिक रुपमा माल्यार्पण गरिएको थियो।

पूर्व एमालेबाट कार्यक्रममा बोल्ने क्रममा नेकपाका महासचिवले जनयुद्धको परिघटनाबारे चर्चा गर्न चाहेनन्। पौडेलले जनयुद्धदेखि हालसम्मका सबै सहिदको बाटोमा हिँड्ने वचन व्यक्त गरे। 

जनयुद्धका कमाण्डर प्रचण्ड विगतका सहिद दिवसका सभाहरुमा जनयुद्धको एकोहोरो बखानमा समय खर्चिन्थे। बुधबारको कार्यक्रममा भने जनयुद्धसँगै अन्य राजनैतिक आन्दोलनलाई पनि उत्तिकै महत्व दिए। उनले दिवंगत एमाले नेता मदन भण्डारीको पक्षमा खुलेर धारणा राखे। संसदीय व्यवस्था अँगाल्दै आएको एमाले र युद्धरत माओवादी दुवै पक्षले कम्युनिस्ट आन्दोलनलाई टेवा पुर्‍याएको बताए। 

प्रकाशित मिति: बुधबार, फागुन १, २०७५  १४:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित)
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि
सम्बन्धित सामग्री
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) सातै प्रदेशका मुख्यमन्त्रीहरूले सङ्घीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रदेशको अधिकार, प्रशासनिक संरचना र स्रोतसाधन हस्तान्तरण गर... बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधवार संसदीय सुनुवाइ समितिमा आफ्नो योग्यता, अनुभव तथा कार्य योजना प्रस्तुत गर्दै उनले दुई देशबीचको सात दशक लामो ऐतिहासिक सम्बन्धलाई... बुधबार, असोज २८, २०८३
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा बुधवार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सांसदहरुले आरक्षणको आधारमा सिफारिस हुनुभएको हो ? भन्ने आरोपपछि यस्तो जवाफ दिए... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्