• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

सहरमा बढ्दै छ आगलागीको जोखिम

64x64
नेपाल लाइभ बुधबार, फागुन १, २०७५  ११:५२
1140x725

– गएको मंसिरमा झापाको शिवसतासी नगरपालिकामा आगालागीमा परी एकै परिवारका ४ जनाको ज्यान गयो। शिवसतासी नगरपालिकाको आफ्नै आगो निभाउने संयन्त्र नभएको र अन्य नगरपालिकासँग समन्वय गरेर दमकल आइपुग्दासम्म ठूलो क्षति भयो।

– झापाकै मेचीनगर भानु टोलमा आगलागी हुँदा २२ घर पूर्ण रूपमा नष्ट भए। मेचीनगरमा एउटा मात्र दमकल भएको र समयमा आवश्यक काम गर्न नसकेकोले आगलागी नियन्त्रण गर्न ढिला भएको थियो।

– काठमाडौंको क्षेत्रपाटीस्थित जुत्ता पसलमा आगलागी भयो। काठमाडौं महानगरपालिका भित्रै पनि आगलागी समयमै नियन्त्रणमा आउन सकेन।

– कीर्तिपुर नगरपालिकाका इन्जिनियर दम्पती र एक सन्तान आगालागीमा परे। प्रहरी ३ घन्टापछि पुग्यो र उपचार गर्दागर्दै श्रीमानले मृत्युवरण गर्नुपर्‍यो।

– गत वर्ष पुस पहिलो हप्ता वीरगञ्जको सुपर ग्यास उद्योगमा आगलागी भयो। आगलागीमा परेर २ जनाको मृत्यु भयो। ग्यास उद्योगमा भएको आगलागी घटना देशभर चर्चाको विषय बनेको थियो तर विस्तारै सबैले बिर्सिंदै गए।

सन् २०१८ मा विपदमध्ये सबैभन्दा बढी आगालागीका घटना भएको देखिन्छ। यो वर्ष दुई हजार चार सय ७८ वटा आगलागीका घटना भएको र ८७ जनाको मृत्यु भएको गृह मन्त्रालयको तथ्यांक छ।

सन् २०१८ मा सबैभन्दा बढी ९१ जनाको मृत्यु पहिरोमा परी भए पनि अगालागीले पीडित परिवार र क्षति भएको सम्पत्ति अन्य सबै विपदको भन्दा धेरै उच्च छ। सन् २०१८ मा आगालागीले करिब चार अरब बराबरको क्षति भएको छ। यस तथ्यांकले नेपाल आगलागीको जोखिम उच्च रहेछ देखिन्छ।

पहिलापहिला सुख्खा समयमा मात्र हुने आगलागी अहिले वर्षा तथा चिसो समयमा पनि सामान्य भएको छ। यसको प्रमुख कारण हो, घरको चुलोबाट सुरु हुने आगलागी अब ग्याँस सिलिन्डर, बिजुली सर्ट आदि कारण धेरै हुन थालेको छ। जसले गर्दा जुनसुकै बेला पनि आगलागी हुनसक्छ।

nimb
nimb
Ncell 2
Ncell 2

आगोलागीको प्रमुख कारणको बिजुली सर्ट हुनु। नेपालमा व्यवस्थित तरिकाले घर वाइरिङ्ग गर्ने र वाइरिङ्गको तालिम र ज्ञान प्राप्त दक्ष प्राविधिकबाट काम गराउने चलन छैन। जसको कारण घरमा प्रयोग गरिएको तार तथा फ्युजको क्षमता तथा विद्युतीय सामग्रीको भारको तारदम्य नमिल्दा तार जल्न गई आगो लाग्ने सम्भावना हुन्छ।

घरमा केके बिजुलीका सामग्री प्रयोग गरिन्छ। तिनको भार अनुसारको तार र फ्युज प्रयोग गर्नुपर्छ। विद्युतका उपकरण र सामाग्रीहरु गुणस्तरीय प्रयोग गर्नुपर्छ। आफू घर नहुँदा ती उपकरणहरु बन्द गर्नुपर्छ। जथाभावी तार प्रयोग गर्ने, जतासुकै तारहरु जोड्ने, विजुली चोरेर सिधै प्रयोग गर्ने, विद्युतीय उपकरणहरु चिसो ठाउँमा राखेर चलाउने गर्नु हुँदैन। 

सहरी क्षेत्रमा अगालागीको प्रमुख कारण ग्यास सिलिन्डर बन्दै गएको छ। नेपालमा ग्याँस सिलिन्डरको गुणस्तरको मापन गर्ने र नियमन गर्ने गरिएको पाइँदैन। निम्न गुणस्तरीय सिलिन्डर र पाइपहरुको प्रयोगले गर्दा आगलागी हुने र नियन्त्रण गर्न गाह्रो भएको पाइन्छ।

ग्याँस सिलिन्डरलाई भान्छाभन्दा बाहिर तर सुरक्षित स्थानमा राख्ने, खाना पकाइसकेपछि ग्याँस बन्द गर्ने, बेला बेला पाइपहरु परीक्षण गर्ने, विश्वासिलो कम्पनीको ग्याँस प्रयोग गर्ने, सिलिन्डर किन्दा नयाँ र नकुच्चिएको किन्ने जस्ता कुरामा ध्यान राख्नुपर्छ।

प्रत्येक नयाँ सिलिन्डरको सुरुको १० वर्षपछि परीक्षण गरिनुपर्छ। परीक्षणमा  प्रयोगका लागि उपयुक्त देखिए मात्र पुन: प्रयोग गर्न मिल्छ। त्यसपछि दस वर्षसम्म प्रत्येक ५–५ वर्षमा परीक्षण गराइनुपर्छ। २० वर्षपछि भने ३–३ वर्षमा तर त्यसबखत नेपाल गुणस्तर तथा नापतौल विभाग वा अन्य अख्तियार प्राप्त तेस्रो पक्षको रोहवरमा परीक्षण गर्नुपर्ने हुन्छ।

साँघुरा सडक–गल्ली, घना बस्ती, पानीको अभाव, गुणस्तरहीन विद्युतीय सामाग्री, असुरक्षित पेट्रोल पम्प, आगो नियन्त्रण गर्ने साधन र जनशक्ति अभाव, भवन स्वरुप र निर्माण सामग्री आगलागीका मुख्य जाेखिम हुन्।

सिलिन्डरको भल्वको नियमित परीक्षण गर्नुपर्छ। कतिपय ग्याँस उद्योगले सिलिन्डरमा बिग्रिएर बसेका तथा ग्याँस लिकेज हुने भल्वहरूलाई मर्मत गरेर पुन: अर्को सिलिन्डरमा लगाउने गरेका छन्, यो गलत हो। सिलिन्डरमा पुरानो भल्व फालेर नयाँ प्रयोग गर्नुपर्छ। सिलिन्डरलाई ओसारप्रसार गर्दा पनि फाल्ने, गुडाउने गरिन्छ जसले गर्दा सिलिन्डरलाई कामजोर बनाउँछ।

नेपालका सहरी क्षेत्रमा आगालागीको उच्च जोखिम हुनुका कारणहरु निम्न छन्: १) साँघुरा सडक तथा गल्लीहरु, २) घना बस्ती, ३) पानीको अभाव, ४) निम्न गुणस्तरका विद्युतीय सामाग्री (ट्रान्सफर्मर, तार, हिटर, फ्युज आदि), ५) अव्यवस्थित तथा असुरक्षित पेट्रोल तथा डिजेल पम्पहरु, ६) आगो नियन्त्रण गर्ने साधन र जनशक्तिको अभाव र ७) भवन स्वरुप र निर्माण सामग्री। राज्यले विगतमा आगालागीलाई विपदको रुपमा लिएको थिएन।

सन् २०१० मा नेपाल सरकारले आगोबाट हुने जोखिमलाई नियन्त्रण गर्न निर्देशिका जारी गरेको छ। आगोलागीलाई मुख्य (प्राइमरी) जोखिम र सहायक (सेकन्डरी) जोखिमरुपमा लिने गरिन्छ। जस्तै, भूकम्प जान साथ पनि विभिन्न कारणले आगालागी हुने सम्भावना हुन्छ यसलाई सहायक (सेकन्डरी) जोखिममा लिइन्छ। काठमाडौं जस्तो भूकम्पको उच्च जोखिममा रहेको क्षेत्रमा आगालागीको जोखिम पनि उच्च नै छ।

संसारमा कतै पनि पेट्रोल पम्पहरु घना बस्ती तथा बजारको बीचमा राखिंदैन। काठमाडौंमा खोलिएका बिना मापदण्डका पेट्रोल पम्पहरुमा कथंकदाचित आगो पुग्यो भने त्यसले हाम्रो कल्पनाभन्दा बहिरको स्थिति ल्याउन सक्छ। यस कुरालाई राज्यका सम्बन्धित निकायहरुले बेवास्ता गरेका छन्।

असन, मंगलबजार जस्ता घना अवादी भएको भएको, घरहरुमा काठको धेरै प्रयोग गरिएको तथा मानिस ओहोरदोहोर गर्न पनि गाह्रो हुने गल्ली भएको तथा पानीको ठूलो र भरपर्दो स्रोत नभएका धेरै स्थानहरु नेपालका सहरी क्षेत्रमा छन्। त्यस्ता स्थानहरु जहिले पनि आगलागीको जोखिममै रहन्छन्।

यस ठाउँहरुमा फायर हाइड्रेन्टको व्यवस्था गर्नुपर्छ। काठमाडौंमा केही स्थानमा धेरै पुरानो र नचल्ने फाएर हाइड्रेन्ट देखिन्छ। बरु पहिला आगलागीबारे सोचिएको रहेछ। तर हिजोआज सहरी योजनामा यो परेको देखिंदैन। काठमाडौंको सन्दर्भमा मेलम्चीको पाइप राखिंदै गरेको अवस्थामा ठाउँठाउँमा फायर हाइड्रेन्ट राख्न सम्बन्धित निकाएले सोच्नुपर्छ।

अन्तराष्ट्रिय मापदण्डअनुसार प्रत्येक २० हजार जनसंख्यालाई १ अग्नि-नियन्त्रक र २८ हजार जनसंख्यालाई १ वारुण यन्त्र चाहिन्छ। तर अहिलेका धेरै नगरपालिकाहरुमै वारुणयन्त्र (दमकल) नै छैन। करिब ३५ लाख जनसंख्या भएको काठमाडौं उपत्यकामा १० वटा वारुणयन्त्र पनि तयारी अवस्था छैनन्।

सन् १९३७ मा राणा प्रधानमन्त्री जुद्धशमशेर राणाले आगलागी नियन्त्रण गर्न स्थापना गरेको बरुण यन्त्र कार्यालयको स्थिति आज ७८ वर्षपछि पनि साधनस्रोतका हिसाबले खासै बढोत्तरी भएको छैन। 

आगो निभाउन प्रयोग गर्नुपर्ने फोम नामको रासायनिक पदार्थ (वा अन्य रासायनिक पदार्थ) प्रयोग कम हुँदा भएका वारुणयन्त्रहरुले पनि प्रभावकारी काम गर्न सक्दैनन्। करिब ४-५ हजार लिटर मात्रै पानी राख्न मिल्ने दमकल भएकाले यति थोरै पानीको सहारामा मात्रै आगो निभाउन सकिँदैन।

समयमै बारुणयन्त्र नपुग्दा ठूलो क्षति भएका घटनाबाट हामी अनभिज्ञ छैनौं। सके सबै ठाउँमा बारुणयन्त्र, नभए ट्यांकर वा जे–जे उपलब्ध हुनसक्छन्, ती साधन तयारी अवस्थामा राख्नु आवश्यक छ।

समयमै बारुणयन्त्र नपुग्दा ठूलो क्षति भएको घटनाबाट हामी अनभिज्ञ छैनौं। सके सबै ठाउँमा बारुणयन्त्र, नभए ट्यांकर वा जे–जे उपलब्ध हुनसक्छन्, ती साधन तयारी अवस्थामा राख्नु आवश्यक छ। यसका लागि सरकारी निकायले तदारुकता देखाउनुपर्छ। 

ठूला मल, सार्वजनिक कार्यालय तथा आपर्टमेन्टहरु र पेट्रोल पम्पमा आगालागी नियन्त्रण लागि आवश्यक पर्ने आधारभूत सामाग्री जस्तै: फायर एक्सटिनगुसर अनिवार्य व्यवस्था गरिनु पर्दछ। त्यस्ता आगो निभाउने यन्त्र वा सामग्रीको मल वा कार्यालयमा काम गर्ने सबै तहका कर्मचारी तथा कामदार प्रयोग गर्ने तरिका सिक्नुपर्छ तथा हरेक ६ महिना वा प्रत्येक वर्ष आगो निभाउने यन्त्र वा सामग्रीको प्रयोग गर्ने अभ्यास गर्नुपर्छ।

नेपालमा २०-२५ तलाका भवनहरु बनिसकेकाछन् र बन्ने क्रम बढ्दो पनि छ। तर बिडम्वना भन्नु पर्छ, हामी सँग भएको साधनले केवल १० तलासम्मको आगो नियन्त्रण गर्न सकिन्छ। भवन आचार संहितामा आगोलागीको जोखिम कम गर्ने बुँदाहरु समावेश गरी त्यस्को पालना कडाइका रुपले गर्नुपर्छ। सार्वजनिक तथा बहुतले भवनहरु सानो किसिमको अग्नी नियन्त्रण गर्ने साधनहरु अनिवार्य गरिनुपर्छ।

गाउँघर तथा सहरी बस्तीमा लाग्ने आगलागी रोक्न करिब १० वर्ष अगाडिदेखि नै त्रिभुवन विश्वविध्यालय तथा नास्टका प्रकोप जोखिम न्यूनीकरणविज्ञद्वारा सरल तथा सस्तो प्रविधि समयसमयमा पेश गर्दा पनि सरकारले अहिलेसम्म त्यसको लागि उपयुक्त कदम नचाल्नु दु:खलाग्दो अवस्था हो।

आगोलागीको जोखिम गर्न धुँवा आउनासाथ वा आगो लाग्नासाथ सूचना चेतावनी दिने सामान्य यन्त्र विश्वभरि प्रचलित छ, जुन आर्थिक हिसाबले पनि त्यति महँगो पर्दैन र प्राविधिक हिसाबले पनि सरल छ। प्रत्येक घर-घरमा त्यस्ता यन्त्रको अनिवर्यता गर्न सकेमा यसको जोखिम कम गर्न सकिन्छ।

गाउँघरतिर जथाभावी आगो बाल्ने, आगो काम सकेपछि ननिभाउने, हावाहुरी चल्दा पनि आगो बाल्ने चलन छ, जुन बन्द गरिनुपर्छ। आगलागी भनेको भूकम्प जस्तो हाम्रो नियन्त्रणमा नभएको विपद होइन। सावधानी अपनाउन सके यसबाट बच्न र बचाउन सकिन्छ।
(लेखक हाल क्यानडामा इन्जिनियरिङमा विद्यावारिधि गर्दैछन्) 

  

प्रकाशित मिति: बुधबार, फागुन १, २०७५  ११:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्