जनकपुर- जनकपुरमा गएराति लाखौंको डकैती भएकाे छ। जनकपुर उपमहानगरपालिका-१३, पिडारी बस्ने शोभित राउतको घरमा डाँकाहरुले आक्रमण गरी लुटपाट गरेको प्रहरीले जनाएको छ।
डाँकाकाे आक्रमणबाट ३ जना घाइते भएका छन्।
राति करिब १ बजेको समयमा ९-१० जनाको समूहमा आएका डाँकाहरुले परिवारका सदस्यहरुमाथि आक्रमण गरी ५ लाख ५७ हजार नगद र केही सुनका गरगहना गरी ६ लाखभन्दा बढीको लुटपाट भएको पीडित राउतले बताए।
डाँकाको घरेलु हतियार प्रहारबाट घरधनी शोभित राउत, उनकी श्रीमती निर्मलादेवी र घरमा डेरा गरी बस्ने रमिता साह घाइते भएको धनुषाका प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिए।
उनीहरुको टाउकोमा घरेलु हतियार प्रहार भएकाे प्रहरीले जनाएको छ। घाइतेहरुको उपचार जनकपुरको रामजानकी हस्पिटलमा भइरहेको छ।
घटनापछि प्रहरीले ३ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक कोइरालाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।