• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

\'बालविवाहकाे घाउ, कसरी सुनाउँ?\'

अधिकारकर्मी भन्छन् - बालविवाहले महिलामाथि हिंसा बढाइरहेको छ
64x64
नेपाल लाइभ बुधबार, फागुन १, २०७५  ०८:१८
1140x725

-दुर्गा देवकोटा/ रासस

लम्की- कैलालीकी पार्वती धामीको १४ वर्षको उमेरमा विवाह भयो। त्यो बेला उनलाई विवाह एक रमाइलो खेल हो जस्तो मात्रै लागेको थियो। पन्ध्र वर्षको उमेरमा पहिलो सन्तान छोरी जन्मिइन्। त्यसपछि ३० वर्ष नपुग्दै उनका ४ सन्तान जन्मिए। सुत्केरी अवस्थामा पोषिलो खानपान र स्याहारसुसार नपाएका कारण उनको स्वास्थ्यमा क्रमश: समस्या सिर्जना हुन थाल्यो।

पार्वतीले ३५ वर्षकै उमेरमा पाठेघर फाल्नुपरेको घटना सुनाउँदै भनिन्, 'त्यो बेला सानैमा विवाह गरिदिए। सानै उमेरमा गर्भवती भएकै कारण मेरो पाठेघर फाल्नुपर्‍यो।' त्यतिखेर पोषिलो खानेकुरा खान पाएको भए, विवाहपछि पनि विद्यालय पढ्न पाएको भए जीवन फरक हुन्थ्यो होला भन्ने उनलाई अहिले पनि लाग्छ।

अहिले ४५ वर्ष पुगेकी पार्वतीले भनिन्, 'कक्षा ७ मा पढ्दा-पढ्दै विवाह भयो। विवाह पछि पढ्न पाइएन। सानैमा विवाह गरियाे, दु:ख पाइयाे, अब बालविवाहकाे घाउ कसरी सुनाउँ?' अहिले उनलाई कम्मर दुख्ने, आँखा कम देख्ने, हातखुट्टा दुख्नेजस्ता समस्याले सताइरहन्छन्। नियमित काम पनि गर्न कठिन रहेको र औषधिको सहारामा बाँचेरहेको उनी बताउँछिन्।

लम्कीकी धना जैसीको पनि महिनावारी नहुँदै १३ वर्षको उमेरमा विवाह भएको थियो। धना १३ वर्षकी हुँदा उनका श्रीमान् रघुनाथ जैसी १५ वर्षका थिए। विवाह लगत्तै धना गर्भवती भइन्। त्यसपछि उनका श्रीमान् रघुनाथ धन कमाउन भारत गए। भारतमा उनले सवारी चालकको काम गर्थे। वर्षमा एकपटक घर आउँथे। धनाले लगातार ९ बच्चा जन्माइन्। ५ बच्चा स्याहार र उपचार नपाएर बाँचेनन्। उनका ४ बच्चाले राम्ररी पढ्न लेख्न पाएनन्।

उतिबेलाकाे आफ्नाे अवस्था सम्झिदै उनले भनिन्, 'श्रीमानकाे कमाइले घर चलाउनै धौधौ भयो। कसरी छोराछोरी विद्यालय पठाउनु? वरिपरिका हुनेखाने परिवारका बच्चाहरु त पढ्न जान्थे। मेरा केटाकेटीले त पेटभरि खान पनि पाएनन्।'

जोशीपुरकी रमिला चौधरीले विद्यालय पढ्दापढ्दै प्रेम गरेर १५ वर्षमै भागी विवाह गरिन्। विवाह भएको डेढ वर्षमै छोरी जन्मिइन्। रमिला भन्छिन्, 'परिपक्व उमेर नभएरै बच्चा जन्माएका कारण त्यसपछि उनकाे गर्भ रहन सकेन। निरन्तर रक्तस्राव हुन थाल्यो। उपचारका लागि भारतको बरेली गयौं। डाक्टरले पाठेघर फाल्न सल्लाह दिए।'

एक मात्र सन्तान भएकाे बेलामै पाठेघर फाल्ने सल्लाह पाउँदा उनलाई छाँगाबाट खसेकाे जस्ताे भएकाे बताइन्। 'मेरो त आँखा अगाडि पूरै अँध्यारो भयो। पाठेघर नफाले क्यान्सर हुनसक्ने भनेपछि २१ वर्षकै उमेरमा पाठेघर फालेर आएँ।'

Ncell 2
Ncell 2
nimb
nimb

त्यसपछि रमिलाका श्रीमान् उनीसँग रमाउन छोडे। उनले छोरा चाहिन्छ भन्दै अर्को विवाह गरे। भन्छिन्, 'पढ्ने समयमा पढिनँ। अब केही काम गर्न पनि सक्दिनँ। छोरा जन्माउन पनि नसक्ने भएपछि श्रीमान्काे निर्णय स्वीकार गरें। अहिले सहेर बसेकी छु। सानै उमेरमा गरेको विवाह अभिशाप भएको छ।'

बालविवाहकाे असर

कलिलै उमेरमा विवाह गरेका कारण सुदूरपश्चिममा यस्ता थुप्रै महिलाको जीवन दुःखदायी भएको छ। अहिले पनि सुदूरपश्चिममा बालविवाह हुने गरेको छ। बालविवाहका कारण पुरुषलाई आर्थिक भार बढ्न पुग्छ भने महिलाको शारीरिक, मानसिक विकास अवरुद्ध हुन जान्छ। अझ महिलाको स्वास्थ्यमा गम्भीर समस्या सिर्जना हुने गरेको छ। बालविवाहका कारण किशोरी र बच्चाको अकालमा ज्यानसमेत जाने गरेको छ।

अधिकारकर्मी कल्पना उपाध्याय सानै उमेरमा विवाह गर्दा महिलालाई शारीरिक, आर्थिक सबैखाले समस्या हुने गरेको बताउँछिन्। उनका अनुसार सुत्केरी अवस्थामै गह्राैं भारी बोक्नुपर्ने, दैनिक काममा जोतिनुपर्ने जस्ता समस्याले स्वास्थ्यमा गम्भीर समस्या हुने गरेको छ। उपाध्याय भन्छिन्, 'सानै उमेरमा गरिने विवाहका कारण धेरैले विद्यालय छाड्नु परेको छ। शारीरिक र मानसिक अवस्थामा परिपक्व नहुँदै घरपरिवार र बच्चाको जिम्मेवारी उठाउनु परेको छ। यसकारण उनीहरुका बालबालिकासमेत आधारभूत अधिकार उपभोग गर्नबाट वञ्चित भइरहेका छन्।'

Xtrem

Xtrem

अर्की अधिकारकर्मी कमला केसी बालविवाहले महिलामाथि हिंसा बढाइरहेको दाबी गर्छिन्। भन्छिन्, 'शिक्षा र रोजगारी नभएका कारण महिलामाथि थप हिंसा भइरहेको छ।'

कानुनले तोकेअनुसार २० वर्ष उमेर पुगेपछि मात्र किशोरकिशोरीहरु शारीरिक र मानसिक रुपमा परिपक्व हुने र विवाहका याेग्य हुन्छन्। उनीहरुमा हरेक किसिमको निर्णय लिन सक्ने क्षमताको विकास त्यसपछि मात्र हुने गर्छ। उमेर नपुग्दै विवाह गर्दा महिलामा मानसिक, शारीरिक, आर्थिक सबैखाले समस्या हुने गरेको टीकापुर अस्पतालका सिनियर स्टाफ नर्स कल्पना खड्काले बताइन्।

बालविवाह अन्त्यका लागि थुप्रै कानुनी तथा नीतिगत प्रावधानहरु बनेका छन्। सविधानले कानुनविपरीत कार्य गर्नेलाई सजाय गरी पीडितलाई क्षतिपूर्तिको व्यवस्था पनि गरेको छ। बालविवाह न्यूनीकरणका लागि थुप्रै सङ्घसंस्थाहरु लागिपरेका भए पनि बालविवाह हुने क्रम नरोकिएको सिनियर अहेब शकुन्तला रोकायाकाे भनाइ छ। रोकायाका अनुसार स्वास्थ्य संस्थामा अहिले पनि सुत्केरी हुने ३० प्रतिशत आमाहरु २० वर्षमुनिका छन्।

तथ्यांकले के भन्छ?

नेपालको कानुनअनुसार २० वर्ष उमेरभन्दा अगाडि गरिने विवाह बालविवाह हो। उमेर नपुगी भएको विवाहलाई गैरकानुनी र दण्डनीय कार्यका रुपमा परिभाषित गरिएको छ। तर, समाजमा अझै पनि बालविवाहको अभ्यास हुँदै आएको छ।

युनिसेफले सन् २०१६ मा सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालमा ३७ प्रतिशतले १८ वर्ष उमेर नपुग्दै र १० प्रतिशतले १५ वर्ष नपुग्दै विवाह गर्ने गरेका छन्। बालविवाह उच्च हुने दक्षिण एसियाली देशहरुमध्ये नेपाल तेस्रो स्थानमा पर्छ। नेपालको अन्य ठाउँको तुलनामा सुदूरपश्चिम प्रदेशमा बालविवाह बढी हुने गर्दछ।

विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनअनुसार अहिले पनि नेपालमा वार्षिक १३ हजारको हाराहारीमा बालविवाह हुने गरेका छन्। नेपालले सन् २०२० भित्र बालविवाह अन्त्यका लागि सार्थक प्रयास गर्ने र दिगो विकास लक्ष्य अनुरुप सन् २०३० भित्र बालविवाह अन्त्य गर्ने सहमतिपत्रमा हस्ताक्षर पनि गरेको छ।

प्रकाशित मिति: बुधबार, फागुन १, २०७५  ०८:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राति ११ बजेपछि मुग्लिन–काठमाडौंमा सवारी रोकिने
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ
कांग्रेस महाधिवेशन : सहमहामन्त्रीसहित पिछडिएको क्षेत्र र सुदूरपश्चिमका केन्द्रीय सदस्यको मतगणना आज
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
राति ११ बजेपछि मुग्लिन–काठमाडौंमा सवारी रोकिने सोमबार, असोज २६, २०८३
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ सोमबार, असोज २६, २०८३
कांग्रेस महाधिवेशन : सहमहामन्त्रीसहित पिछडिएको क्षेत्र र सुदूरपश्चिमका केन्द्रीय सदस्यको मतगणना आज सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने:  अझै धेरै साथीको भरोसा जित्न बाँकी छ सोमबार, असोज २६, २०८३
कांग्रेस महाधिवेशन : खुला सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु आइतबार, असोज २५, २०८३
विद्यालयको प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना नियन्त्रणमा आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्