जनकपुर- महोत्तरीको औरही नगरपालिकाबाट घुस रकमसहित पक्राउ परेका प्रहरी असइ अख्तियारको नियन्त्रणबाट भागेका छन्।
औरही प्रहरी चौकीमा कार्यरत असई रामनरेश साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित टोलीले घुससहित नियन्त्रणमा लिएको थियो।
घटनाको अनुसन्धान भैरहेको जिल्ला प्रहरी महोत्तरीका एसपी ईश्वर कार्किले जानकारी दिए।
अख्तियारको बर्दिबासस्थित कार्यालयबाट गएको ५/६ जनाको टोलीले नवदुर्गा स-मिलबाट उनलाई नियन्त्रणमा लिएको थियो। तर असइ साह अख्तियार टोलीलाई छलेर भागेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।