• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

पूर्व स्वास्थ्य स्वयंसेविका भन्छिन्- पुरुषलाई कन्डम प्रयोग गर्न सिकाउनु सजिलो थिएन

64x64
नेपाल लाइभ बुधबार, फागुन १, २०७५  ०६:४०
1140x725

हामीले स्वास्थ्य स्वयंसेविका भएर काम गर्दा सजिलो थिएन। २०४५ सालमा मैले स्वास्थ्य स्वयंसेविकाका रुपमा काम सुरु गरेकी थिएँ। त्यो बेला म ४५ वर्षकै थिएँ। मेरा चार जना छोराछोरीको जन्म भइसकेको थियो। 

मेरो घर गोरखाको अति विकट गाउँ भच्चेक सिमजोङ ३, हालको अजिरकोट गाउँपालिकामा थियो।

अहिले जस्तो सजिलै पुग्न सकिने ठाउँमा स्वास्थ्यचौकी, अस्पताल थिएन। गाउँमा झाडापखालाले धेरै मानिसको ज्यान जान्थ्यो। धेरै गर्भवतीले बच्चा जन्माउन नसकेर समस्या आएर ज्यान गुमाउथे। सामान्य औषधि पनि नपाएर धेरैले दुःख पाउने गर्थे। 

पहिलो गर्भ राम्ररी जाँच गराउन नसक्दा उल्टो जन्मिएर मेरो आफ्नै शिशु मृत जन्मेको थियो। 

परिवार नियोजनका साधनबारे न कसैलाई थाहा थियो न कसैले प्रयोग गर्थे। स्थायी परिवार नियोजन गनुपर्छ भन्ने ज्ञानको विकास भइसकेको थिएन।

गाउँमा अलि टाठो र पाको महिला भनेर मलाई गाउँ पञ्चायतले स्वयंसेविका चुनेको थियो। मेरो वडाका सबै छिमेकी प्रायः गुरुङ, सार्की थरका थिए।

महिलालाई जन्मान्तर गराउन पिल्स खानुपर्छ भन्दा त लाजले भुतुक्क हुन्थे। अझ कन्डम प्रयोग गर्नुपर्छ भनेर त्यसबेला पुरुषलाई सम्झाउनु ठूलो कुरा हुन्थ्यो। पुरुषलाई अलग्लै लगेर कन्डम प्रयोग गनुपर्छ भनेर सम्झाउन सजिलो थिएन त्यो बेलाको समयमा।

कतिसम्म थियो भने, अर्को वडाका स्वयंसेविकाले पुरुषलाई कन्डम प्रयोगबारे भन्न नसक्दा मलाई भन्न लगाउँथे। म गएर उनीहरुलाई कन्डमबारे जानकारी दिन्थें। उमेर पाको भएर पनि धेरैले मलाई आमा भन्थे। हत्तपत्त कुरा टार्न सक्दैन्थे। 

Ncell 2
Ncell 2
nimb
nimb

म बिहान ३ बजे उठेर घरधन्दा भ्याएर सबेरै गाउँगाउँमा स्वास्थ्यका कुरा बताउन जान्थें। गाउँमा कति गर्भवती छन्, कति सुत्केरी छन् सबै थाहा हुन्थ्यो। आइरन चक्की खान, सरसफाइ गर्न, शिशुको स्याहार गर्न, स्वस्थ र पोषणयुक्त खानेकुरा खानुपर्छ भनेर सिकाउन म सबै दिदीबहिनीका कहाँ पुग्थें।

बच्चालाई ९ महिनासम्म विभिन्न खोप लगाउनुपर्छ भनेर सबै बच्चा भएका आमाकहाँ पुग्थें। 

‘सुई लगाउँदा बच्चा रुन्छ हामी जान्नौं’ भन्ने आमाहरुलाई बाहिर राखेर म उनीहरुका बच्चा बोकेर खोप लगाएर ल्याइदिने गर्थे।

हामीलाई सरकारले स्वास्थ्यका विषयमा तालिम दिएको थियो। मैले जिल्लामा राम्रो काम गरेर त्यो बेला धेरै पल्ट पुरस्कार पाएकी छु। 

Xtrem

Xtrem

घरमा सासु हुनुहुन्थ्यो। उहाँले बच्चा हेर्ने, उनीहरुलाई खाजा दिने अन्य काममा सहयोग गर्ने भएकाले नै म दिनभरि गाउँघरमा पुग्न पाउँथे। श्रीमानले भने दुःख भयो, छोड्दे भन्नुभएको थियो। मैले छोडिनँ।

गाउँमै २०४९/०५० तिर प्रौढ शिक्षा पढेर नाम लेख्न सिकेकी थिएँ। स्वयंसेविकाले कति पिल्स, कन्डम, जीवनजल वितरण भएको छ भन्ने सबै रेर्कड राख्नुपर्थ्यो।

२०५२ सालमा सशस्त्र द्वन्द्व सुरु भएपछि काम गर्न झन् गाह्रो भयो। मेरो परिवार लोकतान्त्रिक विचारधाराको भएकाले माओवादीले यो बुढीले गाउँ बिगार्न लागि भनेर दुःख दिए।

आधारातमा २०औं जनाको समूह आएर खाना बनाउन भन्थे। कहिले धानचामल उठाइदिन भन्थे। तर, मैले काम गर्न छोडिनँ। दिदीबहिनीका कहाँ उनीहरुको स्वास्थ्य समस्या बुझ्न गइरहन्थें। कतिलाई धेरै समस्या भएमा सदरमुकामको जिल्ला अस्पतालमा समेत लिएर जाने गर्थें।

पछि छोरो माओवादीमा लागेछ। अनि त माओवादीले सताउन छोडेका थिए।

हामीले तालिमको समयमा २ सय रुपैयाँ भत्ता पाउँथियौं। अरु केही सुविधा थिएन। पछि गाविसले हरियो साडी, रातो चोलो, छाता, चच्पल दिएको थियो। डे«स भनेर। अहिले त स्वास्थ्य स्वयंसेविकाले पनि अलेलि पैसा पाउँछन् भन्ने सुनेकी छु। ड्रेस पनि फेरिएछ। 

स्वयंसेविकालाई अलिअलि सुविधा त दिनुपर्छ। किनकि राज्यको स्वास्थ्यका कार्यक्रम जनतासम्म पुर्‍याउने पहिलो संवाहक त उनीहरु नै हुन् नि। 

स्थायी परिवार नियोजनको सुविधा हुन थालेपछि बन्ध्याकरण, मिनिल्याब, भ्यासेक्टोमी गर्न पनि मैले गाउँलेलाई सम्झाएँ। गाउँमा धेरैका कम्तिमा ४ छोरोछोरी हुन्थे। कतिका १०–१२ जनासम्म हुन्थे।

धेरै महिलाले परिवार नियोजनको अप्रेसन गराउँथे। पुरुषले चाहिँ अप्रेसन गर्नै नमान्ने, एकदम कम पुरुषले मात्र अप्रेसन गर्थे।

देशमा गणतन्त्र आएपछि हो क्यार, म बिरामी भएँ। मेरो दुवै मिर्गौलामा समस्या देखियो। म काठमाडौं आएँ। १५–२० दिन टिचिङमा उपचार गराएपछि निको भयो।

मैले डा गोविन्द केसीलाई त्यही बेला चिनेकी थिएँ। उहाँले मेरा खुट्टाको उपचार गर्नुभएको थियो। मिर्गौलाको उपचार गराउन जाँदा पनि भेट भएको थियो। निकै राम्रो मानिस हुनुहुन्छ। अहिले पनि उहाँ जनताका लागि लडिरहेको समाचारमा सुन्छु। 

छोराछोरी काठमाडौंमै बसोबास गर्ने भएकाले बुढाबुढी मात्र गाउँमा थियौं। म बिरामी भएपछि छोरोले गाउँ जान दिएन। करिब २०–२२ वर्षदेखिको स्वयंसेविका काम मैले श्रीमानले दोस्री श्रीमती ल्याएर दुःख पाएकी गाउँकै एक महिलालाई हस्तान्तरण गरेर काठमाडौं आए। २०६४/६५ सालतिर हो क्यार। 

काठमाडौंको तारकेश्वर नगरपालिकामा अहिले परिवारसँगै बस्छु। यहाँ आफू स्वयंसेविकाको भूमिकामा नभए पनि आफूले सिकेका कुरा सिकाउन छोडेकी छैन। त्यसबेला सिकेका कुरा अहिले पनि उत्तिकै काम लागिरहेका छन्। 

(सापकोटा पूर्व महिला स्वास्थ्य स्वय‌ंसेविका हुन्)

प्रकाशित मिति: बुधबार, फागुन १, २०७५  ०६:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राति ११ बजेपछि मुग्लिन–काठमाडौंमा सवारी रोकिने
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ
कांग्रेस महाधिवेशन : सहमहामन्त्रीसहित पिछडिएको क्षेत्र र सुदूरपश्चिमका केन्द्रीय सदस्यको मतगणना आज
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
राति ११ बजेपछि मुग्लिन–काठमाडौंमा सवारी रोकिने सोमबार, असोज २६, २०८३
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ सोमबार, असोज २६, २०८३
कांग्रेस महाधिवेशन : सहमहामन्त्रीसहित पिछडिएको क्षेत्र र सुदूरपश्चिमका केन्द्रीय सदस्यको मतगणना आज सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने:  अझै धेरै साथीको भरोसा जित्न बाँकी छ सोमबार, असोज २६, २०८३
कांग्रेस महाधिवेशन : खुला सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु आइतबार, असोज २५, २०८३
विद्यालयको प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना नियन्त्रणमा आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्