सप्तरी- सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-१ तिलाठीमा तीन दिने अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता सञ्चालन भइरहेको छ।
पञ्चायतकाल (२०४२ साल) मा बेपत्ता पारिएका तिलाठीका युवा साकेतचन्द्र मिश्रको स्मृतिमा आयोजित कुस्ती प्रतियोगितामा नेपाल र भारतका महिला तथा पुरुष गरी ४८ जना कुस्तीबाज सहभागी छन्।
प्रतियोगिताको पहिलो दिन सोमबार नेपालका २ महिला र १६ पुरुष तथा भारतका ४ महिला र २० जना पुरुषबीच खेल भएको थियो।
दोश्रो दिनको नतिजा भने बुधबार बिहान मात्रै सार्वजनिक हुनेछ। प्रतियोगिताको फाइनल खेल बुधबार सम्पन्न हुने आयोजकले जानकारी दिएका छन्।

प्रतियोगितामा भारतका चण्डीगढ, बनारस, राजस्थान, बलिया, छत्तीसगढ, सुपौल, सहरसा तथा दरभंगा र नेपालको सप्तरी, सिरहा, सुनसरी, बारा, पर्सा, रौतहट, कपिलवस्तु र मोरङ्ग जिल्लाका कुस्तीबाज सहभागी भएका छन्।
सरस्वती पूजाको समयमा तिलाठीमा हरेक वर्ष कुस्ती प्रतियोगिता हुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।