काठमाडौ– न्याय परिषद सचिवालयका तत्कालीन लेखापाल शिवहरि ढकाल विशेष अदालतबाट ५० हजार धरौटीमा रिहा भएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन लेखापाल ढकाल विरुद्ध १६ लाख ४७ हजार भ्रष्टाचार गरेको मुद्दा दायर गरेको थियो।
ढकालमाथ परिषदमा रहँदा तलबी भरपाईको जोडजम्मामा फरक पारी खर्च लेखेको अरोपमा विशेषमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
आर्थिक वर्ष २०७२/०७३ को लेखापरीक्षण हुँदा लेखापरीक्षण प्रतिवेदनमा १६ लाख ४७ हजार राजस्व दाखिला भएको महालेखापरीक्षकको प्रतिवेदन प्राप्त भएपछि उनी अनियमिमतामा तानिएका थिए।
ढकाल हाल खनियाबास गाँउपालिकाको कार्यालय, दार्खा, धादिङ्गमा कार्यरत रहेका छन्।
उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम विशेष अदालत काठमाडौंमा मुद्दा विचाराधीन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।