काठमाडौं– सहिद स्मारक बी डिभिजन लिगमा मंगलबार भएका दुवै खेल बराबरीमा सकिएका छन्। पहिलो खेलमा बाँसबारी क्लब र टुसाल युथ क्लबले २–२ को बराबरी खेल्दै अंक बाडे।
बाँसबारीका लागि अर्जुन भण्डारीले ११ मिनेटमा पहिलो गोल गर्दा सुजन लिम्बुले १४ मिनेटमा पेनाल्टीमार्फत अग्रता दोब्बर पारे।
टुसालका लागि युवराज ढकालले २४ मिनेटमा पहिलो गोल गरेका थिए। दोस्रो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा मनिष सेढाइले बराबरी गोल फर्काउदा बाँसबारी स्तब्ध बन्यो।
दिनको दोस्रो खेलमा झम्सिखेल युथ क्लब र नयाँबस्ती युथ क्लबले गोलरहित बराबरी खेलेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।