काठमाडौं- आठ केजी गाँजासहित बारामा तीन ब्यक्ति पक्राउ परेका छन्।
पर्सागढी नगरपालिका ८ का ३२ वर्षीय शिवकुमार महतो, मकवानपुरको राक्सिरांग गाउँपालिका ३ का ३१ वर्षीय हिमालसगा रुम्बा र ३० वर्षीय श्रीराम स्याङ्तानलाई जितपुर–सिमरा उपमहानगरपालिका ७ लालका पुल नजिकैबाट पक्राउ गरिएको हो।
उनीहरुले प्रयोग गरेको ना ६० प ५७६८ नम्बरको मोटरसाइकल चेक गर्दा झोलामा लुकाइराखेको करिब ८ केजी गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।