बारा– शरीर अंगभंग मुद्दाका एक फरार अभियुक्तलाई बारा प्रहरीले १३ वर्षपछि पक्राउ गरेको छ।
बारा प्रसौनी गाउँपालिका ५ का ४३ वर्षीय सत्येन्द्र साह तेलीलाई प्रहरीले पक्राउ गरेको हो। आफ्नै घरमा लुकीछिपी बसेका साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
बारा जिल्ला अदालतको २०६२ असार १ गतेको फैसला अनुसार उनलाई २ वर्ष कैद सजाय भएको थियो।
साहलाई वीरगन्ज कारागार पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।