काठमाडौं– अभिनेता बिपिन कार्कीलाई लिएर फिल्म ‘परी, उड्न देउ’ निर्माण घोषणा भएको छ।
सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी फिल्मको निमार्ण घोषणा गरिएको हो।
सामाजिक कथावस्तुमा निर्माण हुने फिल्ममा बिपिनको अपोजिटमा नव-अभिनेत्री सृष्टि खड्का रहने निर्माण युनिटले जानकारी गराएको छ।
म्युजिक भिडियो सम्पादकका रुपमा चर्चा बटुल्न सफल निशान कश्यप (घिमिरे) निर्देशकको रूपमा डेब्यु गर्दैछन्।
कार्यक्रममा निर्देशक कश्यपले फिल्मले समाजका संवेदनशील विषय चित्रण गर्ने जानकारी गराए।
तर, कश्यपले ‘संवेदनशिल विषय’ के हो भन्ने कुरा भने खुलाउन चाहेनन्।
वर्ष २०७६ को बैशाख अन्त्यबाट छायांकन सुरु हुने फिल्म काठमाडौं, चितवन र भारतको राजस्थानलगायतका स्थानमा खिचिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।