जनकपुर- लागुऔषध गाँजा सहित धनुषामा एक जनालाई पक्राउ गरिएको छ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका- ७ बस्ने ६० वर्षीय महुरी महतोलाई गाँजा सहित पक्राउ गएिको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।
उनलाई आफ्नै घरबाट १५ पुरिया गाँजा सहित पक्राउ गरिएको हो।
बिक्री वितरणको लागि राखिएको गाँजा भेटिएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ।
महतोले गाँजा बेचबिखन गर्दै आएको सूचना आएपछि पक्राउ गरिएको इप्रका महेन्द्रनगरका प्रहरी निरीक्षक अमीर कुमार दाहालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।