जनकपुर– मुख्यमन्त्री लालबाबु राउतले समृद्धिको लाति नीति र नियत दुवै स्पष्ट हुनु पर्ने बताएका छन्।
राष्ट्रिय योजना आयोगले सोमबार जनकपुरमा आयोजना गरेको १५औं योजनाको आधारपत्र सम्बन्धी प्रादेशिक परामर्श बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले नियत स्पष्ट नभएपछि नीति कार्यान्वयन नहुने बताए। उनले सरोकारवालाहरुलाई नियत समेत स्पष्ट गर्न आग्रह समेत गरे।
मुलुकले १४ वटा पञ्चवर्षीय आवधिक योजना बनाइसके पनि उपलब्धी हासिल गर्न नसक्नुको कारणहरु औंल्याउदै अगामी दिनमा अघि बढ्नुपर्ने उल्लेख गरे।
तलदेखि माथिसम्म व्याप्त कुशासन, भ्रष्टाचार जस्ता समस्याहरुले लक्ष्य प्राप्तिमा अवरोधक बनिरहेको उनले बताए। 'त्यस्ता कुशासन अन्त्य गर्ने काम आफैंबाट सुरु गर्नु गर्छ', उनले भने।
१३६ वटै स्थानीय तहका प्रमुख उपप्रमुखहरुको उपस्थिति रहेको उक्त बैठकमा मुख्यमन्त्री राउतले संविधानले प्रदत गरेको अधिकारलाई नै टेकेर प्रदेश र स्थानीय सरकारले सहकार्य गरेर केही वर्षभित्रै प्रदेशलाई समृद्ध प्रदेश बनाउने प्रतिबद्धता पनि राउतले जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।