काठमाडौं– नेकपाको विद्यार्थी संगठनले जनयुद्ध र जन आन्दोलनमा ज्यान गुमाउने सहिदहरुको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम गर्ने भएको छ।
पार्टी एकता भइसके पनि विद्यार्थी संगठनको एकता नभएका कारण तत्कालीन दुवै पार्टी निकटका विद्यार्थी संगठनको सोमबार बैठक बसेको थियो।
'आगामी फागुन १ गते महान जनयुद्ध र जनआन्दोलनमा सहादत प्राप्त गर्ने सबै ज्ञात अज्ञात सहिदहरुको सम्मान र सम्झनामा संयुक्त रुपमा श्रद्धाञ्जली कार्यक्रम गर्ने निर्णय गरियो', बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, '१ गते साँझ केन्द्रको तर्फबाट माइतीघर मण्डलामा दीप प्रज्वलन कार्यक्रम हुने छ भने देशभरका सबै जिल्ला र क्याम्पसहरुमा आ-आफ्नो सापेक्षतामा संयुक्त कार्यक्रम गर्न निर्देशित गरिएको छ।'
त्यस्तै, आगामी फागुन १४ गते स्ववियु निर्वाचनको मिति तय गरे पनि विश्वविद्यालय प्रशासनले निर्वाचनको कार्यतालिका प्रकाशनमा गरेको ढिलाइप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा भनिएको छ।
साथै, फागुन १ गते हुने प्रधानमन्त्री रोजगार कार्यक्रमको स्वागत गर्दै घोषणा कार्यक्रममा उत्सवमयी ढंगले सहभागिता जनाउन आम युवा विदयार्थीलाई अपिल गर्ने निर्णय पनि गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।