काठमाडौं- नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरको राजीनामा स्वीकृत भएको छ। महरले अध्यक्ष पदबाट दिएको राजीनामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वीकृत गरेका हुन्।
यसअघि अध्यक्ष महरले आजै अध्यक्ष पदबाट राजीनामा दिएको पत्र पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी पढेर सुनाएका थिए।
सो क्रममा उनले आफ्नो राजीनामा गराउन सिंगो केन्द्रीय कार्यसमिति लागेको आरोप लगाएका थिए। महरले पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएका थिए।
निर्वाचित कार्यसमितिबाट महाधिवेशन गराउनु पर्नेमा तदर्थ समितिको बाटोमा लागेको भन्दै महरको असन्तुष्टि थियो।
यसअघि नै नेपाली कांग्रेसका संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले नेपाल विद्यार्थी संघको केन्द्रीय समिति भंग गर्ने धारणा सार्वजनिक गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।