ब्रसेल्स- बेल्जियमका लागि चिनियाँ राजदूतावासले स्थानीय सञ्चारमाध्यमद्वारा ब्रसेल्समा चिनियाँ जासुुस सक्रिय रहेको भनी आएका पछिल्ला खबरहरू आधारहीन रहेको खण्डन गरेको छ।
केही सञ्चारमाध्यमले ‘ब्रसेल्समा २ सय ५० चिनियाँ जासुस सक्रिय रहेको’ भनी दिएका खबर भ्रामक तथा कपोलकल्पित भएको आइतबार ब्रसेल्सस्थित चिनियाँ राजदूतावासका प्रवक्ताले बताए।
दूतावासले भनेको छ, 'जासुसबारेका रिपोर्ट विल्कुल कपोलकल्पित तथा आधारहीन छन्।'
चीन र बेल्जियमबीच निरन्तररूपमा सम्बन्ध विकसित बन्दै गएको र सबै क्षेत्रको सहकार्य फलदायी रहेको चीनले बताएको छ। चिनियाँ दूतावासले आइतबार जारी विज्ञप्तिमा आगामी दिनमा बेल्जियमलगायत यस क्षेत्रका सबै मुलुकसँगको सम्बन्धलाई आपसी सद्धभाव तथा लाभका लागि थप प्रगाढ बनाएर लान चीन प्रतिवद्ध रहेकाे भनिएको छ।
'केही गैरजिम्मेवार अभिव्यक्ति जसले चीन र बेल्जियमबीचको सम्बन्धमा विवाद सिर्जना गर्न खोजिएको छ, यसमा कोही सफल हुने छैनन्', विज्ञप्तिमा उल्लेख छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।