• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

गुलाबको फूलले सुसाइड नोट छोपेर दुई किशोरीले किन गरे आत्महत्या?

64x64
नारायण अधिकारी आइतबार, माघ २७, २०७५  २२:४७
1140x725

काठमाडौं- आइतबार अपराह्न ३ बजे पर्साको कालिकामाई गाउँपालिका २ भेडिहारका राजेश्वर साहलाई अपरिचित भारतीय नम्बरबाट फोन आयो।

आफू भारतीय प्रहरी भएको परिचय दिँदै प्रश्न सोधियो उनलाई, ‘निभाकुमारी साहलाई चिन्नुहुन्छ?’

राजेश्वरले जवाफ फर्काए, ‘मेरै छोरी हो सर।’

'माफ गर्नुहोला। तपाईंकी छोरीको शव रक्सौलको रेल्वेको लिकमा फेला परेको छ। सनाखत गर्न आउनुस्।' 

निभाको कलेजको परिचयपत्रमा भएको फोन नम्बरमार्फत् भारतीय प्रहरीको फोन उनको बुवासम्म पुगेको थियो। 

फोनमा भनिएका शब्दले राजेश्वरका नौनाडी गले। एकैछिन अघिसम्म फूर्तिसाथ बोलका उनी त्यसपछि अहिलेसम्म बोल्न सकेका छैनन्। हिजो मात्रै ट्युसन पढ्छु भन्दै पैसा लिएर घरबाट बिदा भएकी छोरीको यस्तो हालत! सुरुमा राजेश्वरलाई पत्यारै लागेन। 

Ncell 2
Ncell 2
nimb
nimb

पत्यार लागे पनि नलागे पनि यथार्थ यही थियो। राजेश्वरकी छोरी निभा मृत भेटिएकी थिइन् भारतको रक्सौलस्थित रेलको लिकमा। 

निभा मात्रै होइन, उनकै नजिककी साथी, क्लासमेट, रुम पार्टनर, किरण चौरासियाको पनि शव भेटिएको थियो सोही स्थानमा।

-000-

आइतबार सरस्वती पूजाको दिन। बिहान साढे ६ बजे एउटै कोठामा बस्ने किरण र निभा पूजा गर्न भन्दै कोठाबाट बाहिर निस्किए। उनीहरु दुबै मिल्ने साथी हुन्। वीरगञ्ज पब्लिक कलेजमा कक्षा ११ मा अध्ययनरत छात्रा हुन् दुबै जना। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

निभाको घर कालिकामाई गाउँपालिका-२ भेडिहार हो भने किरणको सोही गाउँपालिका-३ हरिपुर हो। उनीहरुसँगै अन्य २ छात्रा वीरगञ्जको रानीघाटमा कोठा भाडामा लिएर बसेर अध्ययन गर्दै आएका थिए।

'एक कान, दुई कान, मैदान' हुँदै छात्राको मृत्युको खबर उनीहरु अध्ययनरत कलेज र पर्सा प्रहरीसम्म पुग्यो। उक्त खबर पाउनासाथ पर्साका एसपी रेवती ढकाल रक्सौलतर्फ आफ्नै नेतृत्वमा प्रहरीको टोली लिएर गए।

'नेपाल-भारत सीमा पार गरेर ७ किलोमिटर दक्षिण जानुपर्ने। मेन रोडबाट झरेर खेतको आली हुँदै ५ मिनेट हिँडेपछि हामी घटनास्थल पुगेका थियौं,’ एसपी ढकालले सुनाए, ‘यति टाढा नेपाली युवती कसरी आए?' कसैले अपहरण गरेर हत्या पो गरेको हो कि?’ एसपी ढकालले शंकाका नजरले घटना नियाले। 

कालो ज्याकेट, सेतो पाइन्ट लगाएकी किरण चौरासिया।

पहेँलो बुट्टे कुर्ता, बाहिर कालो आउटर र निलो पाइन्ट लगाएकी निभा कुमारी शाह।

दुवैको शवको अवस्था यही हो। दुरी पाँच मिटरको फरकमा। दुबैको शव उत्तानो परेको। चौरासियाको घुँडाभन्दा माथिको भाग काटिएको छ भने शाहको घाँटी छिनेको छ। एसपी ढकालले नेपाल लाइभसँग कुरा गर्दै भने, 'शवको अवस्था दर्दनाक छ।'

रक्सौल-सुगौली रेल्वे खण्ड अन्तर्गत कंगनाढालामा फेला परेको उनीहरुको शव भारतीय प्रहरीले उठायो। पोष्टमार्टम गर्न पठायो। शव अहिले पनि रक्सौलकै अस्पतालमा पोष्टमार्टमका लागि भनेर राखिएको छ। अनुसन्धानको एउटा पाटो भारतीय प्रहरीले सम्हालिरहेको छ।

-000-

यता एसपी ढकालले किन र कसरी भयो हत्या भन्दै वीरगञ्ज फर्केर अनुसन्धान अघि बढाए। 'हामीलाई कसैले अपहरण गरेर हत्या गरेको हो कि भन्ने शंका लागेको थियो,' एसपी ढकालले सुनाए, 'त्यसपछि हामीले पनि आफ्नो तर्फबाट अनुसन्धान थाल्यौं।'

अनुसन्धान अघि बढाएको एसपी ढकालको टोली निभा र किरण बस्ने वीरगञ्जको रानीघाटस्थित कोठामा पुग्यो।

ताला फोडेर कोठाभित्र प्रवेश गर्नासाथ उनीहरु दुबैको हत्याको कारण खुल्छ। 

हत्याको कारण खोल्ने प्रमाण प्रहरीले फेला पार्छ, 'सुसाइड नोट'।

पलङमाथि किताबहरु असरल्ल छरिएका छन्। 

पलङमाथिको किताबको नजिक एउटा रातो गुलाब। गुलाबमुनि एउटा नयाँ घडी टल्कन्छ। गुलाब र घडीले थिचेको अवस्थामा एउटा कागजको चिर्कटो प्रहरीले फेला पार्यो। 

जहाँ सुरुमै लेखिएको थियो, 'आदरणीय आमाबुबा क्षमा गर्नुहोला...।'

दुबै जनाले संयुक्त रूपमा आमाबुवालाई सम्बोधन गर्दै लेखिएको सुसाइड नोट भएको कागज प्रहरीले फेला पारिसकेको थियो। 

'हामीलाई बाँच्न सक्छौ जस्तो लागेन। जे निर्णय गर्दैछौं, यो हाम्रो स्वतन्त्र निर्णय हो। यसमा कसैको केही गल्ती छैन। अलबिदा।'

दुबै जनाले संयुक्त रुपमा लेखेको उक्त सुसाइड नोटमा हस्ताक्षर दुबै जनाको भएको प्रहरीले जानकारी दिएको छ। आइतबार बिहान सुसाइड नोट लेखेर पूजा गर्न भन्दै निस्किएका उनीहरु अन्ततः आत्महत्या गर्न रक्सौल पुगेको कुरा खुल्छ। रेलको लिकमा हाम फालेर आत्महत्या गर्छन्। 

उनीहरुले बिहान साढे ८ बजेदेखि १० बजेको बीचमा आत्महत्या गरेको प्रहरीले जनाएको छ। 

त्यसपछि खुल्छ आत्महत्याको कारण।

विवाह गर्न पारिवारिक दबाब। 

साहलाई विवाह गर्न दबाब थियो। उनले मानेकी थिइनन्।

अझ चौरासियाले आफ्नो मन्जुरी बिनै परिवारको दबाबमा टिकाटालो समेत गरिसकेकी थिइन्।

गुलाबको फूलले थिचेर राखेको नयाँ घडी उनले इन्गजमेन्टमै पाएकी थिइन्।

सबै तस्बिरः जिल्ला प्रहरी कार्यालय, पर्सा

प्रकाशित मिति: आइतबार, माघ २७, २०७५  २२:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु बुधबार, असोज २८, २०८३
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ जारी बुधबार, असोज २८, २०८३
विश्व शान्तिको सन्देश फैलाउँदै चर्चित कुकुर ‘अलोका’ नेपालमा बुधबार, असोज २८, २०८३
बेली ब्रिज नबन्दा तुइनबाट दशैँको यात्रा (तस्बिरहरू) बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्