हेटौंडा- सत्तारुढ दल नेकपा कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टीमा निराशा र असन्तुष्टि बढेको बताएका छन्।
वरिष्ठ नेता नेपालले जनताको असन्तुष्टिलाई सुनेर तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।
आईतबार हेटौंडामा स्थानीय संचारकर्मीमाझ नेता नेपालले जनताको चाहना अनुसार सरकारले आफ्नो काममा सुधार गर्नुपर्ने बताएका हुन्। 'पार्टी संगठनहरुको एकीकरणमा धेरै ढिला भएकाले पार्टी भित्र निराशा र असन्तुष्टि बढेको छ,' नेता नेपालले भने, ुयी समस्या समाधानका लागि तत्काल पहल आवश्यक छ।'
फरक प्रसंगमा नेता नेपालले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले विनाएजेन्डा आन्दोलन सुरु गरेको भन्दै आलोचना गरे।
वरिष्ठ नेता नेपालले काँग्रेसलाई भ्रष्टाचार नियन्त्रण र मुलुकको सुशासनका लागि सरकारलाई सचेत गराउने अभियानमा लाग्न पनि आग्रह गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।