‘ए मेरो हजुर–३’ मा अनमोल र सुहानाको रोमान्स [भिडियो]

नेपाल लाइभ

Nepal Live

काठमाडौं– फिल्म ‘ए मेरो हजुर–३’ को अफिसियल टिजर सार्वजनिक भएको छ। अभिनेता अनमोल केसी र नव–नायिका सुहाना थापाको मुख्य भूमिका रहेको फिल्को  टिजर आइतबार सार्वजनिक गरिएको हो।

सार्वजनिक टिजरमा अनमोल र सुहानालाई प्रेमील र रोमान्टिक जोडीको रुपमा देख्न सकिन्छ। फिल्ममा सुनिल कुमार थापाको निमार्ण र अभिनेत्री झरना थापाको निर्देशन रहेको छ।  फिल्मकी नव–अभिनेत्री भने उनै निर्देशक झरना थापा र निर्माता सुनिलकी छोरी सुहाना थापा हुन्। 

फिल्ममा कल्याण सिंह, कोशिश क्षेत्री, प्रतीक पौडेल र आशिश अविरलको संगीत, निर्देशक थापा र सुमन पौडेलको कथा लेखन तथा रोशन श्रेष्ठको द्वन्द्व र सञ्जय लामाको छायांकन रहेको छ। 

फिल्ममा अनमोल र सुहानाकासाथमा सलोन बस्नेत, अर्पण थापा, रविन्द्र झा लगायतकलाकारहरुको अभिनय रहेको छ।
 

प्राप्त प्रतिकृयाहरू

पढ्नै पर्ने