काठमाडौं– प्रहरीले टोखा नगरपालिका–१० गणेशस्थानबाट १ लाख ५२ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गरेको छ।
शनिबार राति १ हजार दरका १ सय ५२ थान प्रहरीले बरामद गरेको हो। उक्त नगरपालिकाको गौतम श्रीपालीको घरमा डेरा गरी बस्ने हिक्मत मिया समेत २ जनाको कोठाबाट नक्कली नोट प्रहरीले बरामद गरेको हो।
नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रभाग नयाँ बसपार्कबाट खटिएको प्रहरीले हिक्मत मियाको कोठामा खानतलासी गरेको थियो।
पलङ मुनी राखेको नक्कली नेपाली रुपैयाँ १ हजार दरका ११ थान र सोही घरमा डेरा गरी बस्ने पोमबहादुर कुँवरको कोठाबाट नक्कली नेपाली रुपैयाँ १ हजार दरका १ सय ४१ थान बरामद गरेको हो।
हिक्मत मिया र पोमबहादुर कुँवर भने फरार रहेकाे प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।