काठमाडौं– आज वसन्ती पञ्चमी अर्थात् सरस्वती पूजा। आजको दिन पूर्वी भारतसहित देशभरका हिन्दूधर्मालम्बीहरूले सरस्वतीको पूजा गन्ने गर्छन्। विशेषगरी 'सरस्वतीको मूर्ती, तस्बिर, पुस्तक लगायत विद्या र सीप आर्जनका माध्यममा सरस्वतीको वास छ' भन्ने परम्परागत चलन रहेको छ। सरस्वतीकाे प्रतीक ठानिने यिनीहरूमा पूजा गर्ने गरिन्छ।
वसन्त पञ्चमीको दिनलाई सरस्वतीको जन्मोत्सवको रूपमा पनि लिइन्छ। पुराणअनुसार श्रीकष्णले सरस्वतीसँत खुशी भएर उनलाई वरदान दिँदै भनेका थिए, 'वसन्त पञ्चमीको दिन तिम्रो पनि आराधना गरिनेछ।'
यस सम्बन्धमा मिथक पुराणहरूमा यस्तो भेट्टाइन्छ- एकपटक ऋतुहरूका राजा वसन्त ऋतुको सम्मान कार्यक्रमको आयोजना अन्य पाँचौ ऋतु जम्मा भएर गर्ने विचार गरेछन्।
यसै क्रममा आफ्ना राजा वसन्तलाई अभिवादन गर्दै पाँचवटा ऋतुले आफ्नो ऋतु कालबाट ८/८ दिन वसन्तलाई समर्पण गरेछन्। यसैले वसन्त ऋतु अरू ऋतुभन्दा ४० दिन बढी हराभरा भएर लोक जीवनलाई आनन्दमय बनाउने भएकाले यही दिनदेखि वसन्त याम आएको हो भन्ने भनाइ छ।
यसैले यो दिनलाई वसन्त पञ्चमीको नामले चिनिने मान्यता छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।