बर्दिवास– महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–११ को चनौटेमा एउटा घर चट्ययाङ पर्दा नष्ट भएको छ।
सो बस्तीका अजय डिम्डोङको घर शनिबार दिउँसो परेको चट्याङले जलेर खरानी भएको हो।
बिहानभरि परेको पानी थामिएपछि वस्तुभाउ फुकाउने र घाँसदाउराको जोहो गर्न परिवारका सबै निस्किएका बेला चट्याङ परेकाले मानवीय क्षति भने भएको छैन।
दिउँसोतिर पानी थामिएकै बेला परेको चट्ययाङले डिम्डोङको घर र घरमा रहेका अन्नपात, लत्ताकपडा र भाँडाकुँडासहितका सामान भने केही नबचेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ।
बर्दिवासचोकबाट करिब ३० किलोमिटरको दूरीमा चुरे पहाडी काँठमा रहेको चनौटे बस्तीमा चट्याङ परेको हो। मोटरबाटो पनि राम्रो बनिनसकेको सो बस्तीमा भएको घटनाबारे बर्दिवासमा ढिलो जानकारी आउँदा प्रहरी टोली ढिलो गरी पुगेको थियो।
घटनापछि डिम्डोङ परिवारको बिचल्ली भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।