सप्तरी- प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थले पत्रकारलाई सन्यासीसँग तुलना गर्दै पत्रकारको जीवन सन्यासीजस्तै रहेकाले देश र समाजका विषयमा चिन्तित बन्नुपर्ने बताएका छन्।
सप्तरीको कञ्चनरुप नगरपालिका १२ को धारापानीस्थित रमणीय पर्यटकीय तथा पिकनिक स्पटमा नेपाल पत्रकार महासंघ सप्तरी शाखाको वार्षिक साधारण सभालाई उद्धघाटन गर्दै प्रमुख कायस्थले सो कुरा बताएका हुन्।
'पत्रकार सन्यासीजस्तै भएकाले आफू आर्थिक रूपमा कमजोर भएपनि सरकार तथा नेतृत्वलाई समय-समयमा घच्घच्याउनले भूमिका पत्रकारले निर्वाह गर्दै आईरहेका छन्,' उनले भने।
सोही कार्यक्रममा बोल्दै पत्रकार वैधनाथ यादवले सरकारद्धारा प्रेस स्वतन्त्रतालाई समाप्त पार्ने षड्यन्त्र भईरहेको गुनासो गरे। साथै यादवले प्रदेश २ मा भ्रष्टाचार चरम अवस्थामा पुगेको भन्दै प्रदेश प्रमुखको ध्यानाकर्षण गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।