बुटवल- मानव अधिकारकर्मी तथा शान्ति समाज संस्थापक सभापति कृष्ण पहाडीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले भेनेजुएला प्रकरणका विषयमा अमेरिकालाई गाली गर्न नहुने बताएका छन्।
रिर्पोर्टस क्लब प्रदेश ५ कार्यालय बुटवलले गरेको पत्रकार सम्मेलनमा बोल्दै मानव अधिकारीकर्मी नेता कृष्ण पहाडीले यस्तो धारणा व्यक्त गरेका हुन्।
अध्यक्ष प्रचण्डले भेनेजुएलाको समर्थन गर्न पाउने तर अर्को पक्ष अमेरिकालाई गाली गर्न नमिल्ने बताएका हुन्। यो प्रकरणमा विश्वमा जनमत विभाजित भैरहेको भन्दै चीन-भारतका आ-आफ्नै स्वार्थ रहेको समेत बताए। यस्तो बेला नेपालका नेताले आफ्नो धारणा राख्नु गलत नहुने तर एउटालाई समर्थन गर्दा अर्को पक्षलाई गाली गर्न नमिल्ने बताएका हुन्। 'प्रचण्डजीले आफ्नो धारणा राख्नु स्वावभिक होला तर अहिले नै अमेरिकालाई नानाथरीले गाली गर्नु उपयुक्त होईन। किनकि अमेरिकाले भेनेजुएलामा सैन्य हस्तक्षेप गरेको छैन्,' नेता पहाडीले भने।
पहाडीले नेपालमा तीनै तहका सरकारमा भष्ट्राचार देखिएको भन्दै निवारण गर्न सबै एकजुट हुनुपर्ने धारणा राखेका थिए।
वाइडबडी विमान खरिद प्रकरणमा पर्यटन मन्त्री रवीन्द्र अधिकारीले राजीनामा दिनु उचित हुने बताए।प्रधानमन्त्री ओलीले मन्त्री अधिकारीलाई बर्खास्त गर्न नसक्नु ठुलो कमजोरी भएको बताएका पहाडीले स्थानीय तहमा समेत भाग भन्डा गरेर भ्रष्टाचार गर्ने चलन वृद्धि भएको उल्लेख गरे।
कार्यक्रम रिर्पोर्टस क्लबका प्रदेश प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।