कैलाली- कैलालीको घोडाघोडीमा करेन्ट लागेर एक शिक्षकको मृत्यु भएको छ।
घोडाघोडी वडा नम्बर २ स्थित दशरथ माध्यामिक विद्यालयका २३ वर्षिय शिक्षक हुकुम जैशीको करेन्ट लागेर मृत्यु भएको हो।
सरस्वती पूजाको तयारीका लागि बाँस काटेर तान्ने क्रममा नांगो तारलाई छोएपछि जैशीलाई करेन्ट लागेको थियो। उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको ईलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।