काठमाडौं- संघीय सरकारले स्थानीय तहले कार्यान्वय गर्ने गरी नदी तथा सार्वजनिक क्षेत्रको सरसफाइ सम्बन्धी कार्यविधि ल्याएको छ।
शनिबार काठमाडौंमा आयोजित बागमती सफाई महाअभियानको ३००औं हप्ताको विशेष कार्यक्रममा प्रमुख अतिथि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कार्यविधिको सार्वजनिक गरेका हुन्।
बढ्दो सहरीकरण, अव्यवस्थित बस्ती विकास तथा सार्वजनिकस्थलको अक्रिमणबाट सडक, गल्ली तथा धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं वातावरणीय सम्पदाका रुपमा रहेका नदी, खोला, नाला, पोखरी, ताल तलैया, पार्क, उद्यान एवं धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक धरोहर, खुलास्थान तथा अन्य सार्वजनिक स्थलको सरसफाई थप प्रभावकारी बनाउन सरकारले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा ७ अनुसार कार्यविधि ल्याएको हो।
'कार्यविधिमा विश्व सम्पदा सूचीमा सूचीकृत धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक एवं अन्य धरोहर तथा सडक, नदी नाला लगायतको सरसफाई गर्ने पने जिम्मेवारी गाउपालिका तथा नगरपालिकाको रहेको छ। त्यसका लागि स्थानीय सरकारले विभिन्न अभियान संञ्चालन गर्न सक्नेछन्,' संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपालले भने।
सरसफाई बृहत अभियान भएकाले कार्यविधिमा स्थानीय सरकारदेखि आम नागरिकको सक्रिय सहभागिता तथा स्थानीय तहका अन्य सरकारी कार्यालय, गैह्र सरकारी संघ संस्थासंगको सहकार्य र समन्वयलाई पनि प्राथमिकता दिइएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।