काठमाडौं– जिल्ला कारागार झापामा कैद सजाय भुक्तान गरिरहेका एक कैदीको मृत्यु भएको छ।
बलात्कार मुद्दामा १० वर्ष कैद सजाय भोग्दै आएका भद्रपुर नगरपालिका–७ महेशपुर घर भएका २५ वर्षीय अनिल उरावको मृत्यु भएको हो।
क्षयरोग सम्बन्धी बिरामी भई उरावलाई शुक्रबार साँझ ६ बजे उपचारको लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको थियो। उपचारकै क्रममा शनिबार बिहान साढे १० बजे सोही अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।