ट्युनिस- सन् २०१५ मा ट्युनिसियाको राजधानी ट्युनिसमा अवस्थित एक म्युजियममा भएको आक्रमणको आरोपमा सात जना जिहादीलाई जन्मकैदको सजाय दिइएको छ।
सरकारी न्यायाधीशहरुले शनिबार सो जानकारी सार्वजनिक गरेका छन्। यस आक्रमणमा परी दर्जनौं पर्यटक मारिएका थिए।
ती सात जिहादीहरुलाई अपराधको किसिमका अनुसार जेल सजाय समयावधि तोकिएको न्यायधीशहरुले जनाएका छन्। उनीहरुलाई ६ देखि १६ वर्षसम्म जेल सजाय तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।