नयाँ दिल्ली- भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई बहस गर्न आग्रह गरेका छन्।
प्रधानमन्त्री मोदीले देशलाई एकताबद्ध गर्छु भन्दै कुरा मात्रै गर्ने तर काम भने नगर्ने आरोप लगाउँदै अध्यक्ष राहुलले प्रधानमन्त्रीलाई राष्ट्रिय मुद्दामा बहसका लागि आग्रह गरे।
उनले प्रधानमन्त्री मोदी सार्वजनिक बहसका लागि आफूसँग डराउने तर्क गर्दै अध्यक्ष गान्धीले आउँदो लोकसभाको निर्वाचनमा कांग्रेसले भारतीय जनता पार्टी र राष्ट्रिय स्वयंसेवक दलसँग बहसमा उत्रिने र भारतीय कङ्ग्रेसको पक्षमा मतदातालाई अघि बढ्न प्रोत्साहित गर्ने बताए।
'यदि कसैले नरेन्द्र मोदीलाई मसँग १० मिनेट खुल्ला बहसमा आमन्त्रण गर्नुभयो भने उहाँ सहमत हुनुहुनेछैन,' गान्धीले चुनौती दिँदै भने।
राजधानी दिल्लीमा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा उनले थपे, 'मैले भनिरहेको छु नि उहाँ बहसबाट टाढा बस्न चाहनुहुन्छ, उहाँलाई मैले राम्रोसँग चिनेको छु।'
भारतमा आगामी मे महिनामा हुने केन्द्रीय निर्वाचन नजिकिँदै जाँदा प्रतिस्पर्धी दलमाथिको आरोप प्रत्यारोप बढ्न थालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।