जनकपुर- सिरहाको धनगढीमाई नगरपालिका ४ जयपुरमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्। ना४ख ६२७ नम्बरको बस सुखीपुर–जिरो माइल सडक खण्डमा दुर्घटनामा परेको हो।
दिउँसो करिब साढे १ बजेतिर भएको दुर्घटनामा परी घाइते हुनेमा मुसहरनियाकी पवित्री महरा, मल्हानियाका उर्मिलादेवी राम, तारादेवी राम, दुखिनीदेवी राम, रन्जीतकुमार राम, सन्तोष कुमार राम, मीनादेवी राम, महावती राम, खजनपुरका लक्ष्मण दास लगायत छन्।
घाइतेमध्ये उर्मिला र रन्जीतको अवस्था गम्भीर छ। उनीहरुको टाउको फुटेको प्रहरीले जनाएको छ।
घाइते सबैको जिरो माइलस्थित महाबुद्ध हस्पिटलमा उपचार भइरहेको छ। ४० जना सवार बस स्टेरिङ फेल भई दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय धनगढीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।