• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ १, २०८२ Thu, May 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज
यौनहिंसामा परेकी बालिकामाथि सामाजिक लाञ्छना, विद्यालय जानै सकिनन् \'पीडकका परिवारले थुक्छन्, अपशब्द प्रयोग गर्दै गाली गर्छन्\'
64x64
नेपाल लाइभ बिहीबार, माघ २४, २०७५  १५:१७
1140x725

दयाराम आचार्य/रासस
कावासोती - सामूहिक बलात्कारमा परेकी नवलपुरकी एक बालिका सामाजिक लाञ्छनाका कारण पढाइबाट वञ्चित हुनुपरेको छ।  तीन वर्षअघि बलात्कारमा परेकी ती बालिकाले लामो समयपछि न्याय त पाइन् तर आफ्नो पढाइलाई भने निरन्तरता दिन सकिनन् । विसं २०७२ चैतमा उनीमाथि गाउँकै तीन युवाले सामूहिक बलात्कार गरेका थिए । उनी त्यतिबेला १३ वर्षकी थिइन् । कक्षा ५ मा पढ्दै थिइन्। अति विपन्न परिवारकी ती बालिकालाई न्याय पाउनै दुई वर्ष लाग्यो । विसं २०७५ वैशाख ३० गते मात्रै जिल्ला अदालतबाट तीन पीडकलाई १३ वर्षको कैद र एक/एक लाख क्षतिपूर्तिको सजाय भयो। 

पीडित बालिकालाई अहिले घरमा बसेर पढ्ने वातावरण नभएको उनी बताउँछिन् । उनलाई पढ्न त मन छ तर गाउँमा विभिन्न किसिमले लाञ्छना लाउने हुँदा उनी पढ्न गएकी छैनन् । मुद्दाको फैसला नहुँदासम्म उनी कहिले परासीको सेवा केन्द्र कहिले आफन्तकामा बस्नु पर्‍यो । फैसला हुन लामो समय लाग्दा उनले आफ्नो पढाइलाई निरन्तरता दिन सकिनन् । दुई वर्षसम्म पढाइ छुटेकाले उनका साथी अहिले कक्षा ८ मा पढ्दैछन । उनी छ कक्षामा भर्ना त भइन्, विद्यालय पनि केही समय गइन् तर उनले पढाइलाई निरन्तता दिन सकिनन्। 

Ncell 2
Ncell 2

उनी पढ्ने विद्यालय जाने बाटोमा पीडकका परिवारको घर पर्छ । विद्यालय जाने अन्य बाटो छैन । उनी विद्यालय जाने–आउने बेला पीडकका परिवारले अपशब्द प्रयोग गर्दै गाली गर्ने गर्छन्, जसले गर्दा उनलाई विद्यालय जान मन लाग्दैन । उनी भन्छिन्, “म स्कूल जाँदा उनीहरूको घरको बाटो भएर हिँड्नुपर्छ, उनीहरूका आफन्तले मलाई देखेपछि थुक्छन् । नराम्रो नराम्रो भन्छन् । दोषी त उनीहरू हुन् नि ! तर म नै दोषी झैँ गर्छन् ।” 

उमेर ठूलो भएको र सानो कक्षामा पढ्दासमेत उनलाई असहज भएको छ । कक्षामा सबै उनीभन्दा साना उमेरका छन् । उनलाई कतिपय साथीहरूले पनि जिस्काउने गर्छन् । सम्पत्तिको नाममा १० धुर ऐलानी जग्गा र खरको सानो झुपडी छ । बुबाआमा नै पढेलेखेका छैनन् । बुबाले सामग्री बोक्ने रिक्सा चलाउछन्। मुस्किलले दिनको तीन–चार सय रुपैयाँ कमाइ हुन्छ । चार जना छोराछोरी छन् । उनीहरूको पढाइ, लेखाइ र घरखर्च धान्नसमेत धौधौ भएको उनी बताउँछन्। 

बालिकाले क्षतिपूर्तिबापत पाउनुपर्ने  तीन लाख रुपैयाँ अझै पाउन सकेकी छैनन् । मुद्दा फैसला हुँदा तत्कालका लागि महिला तथा बालबालिका कार्यालय नवलपरासीमार्फत क्षतिपूर्ति रकम दिने भनिएको भए पनि अदालतको पत्र प्रक्रिया पुर्‍याएर महिला तथा बालबालिका कार्यालय नवपरासीमा पुग्दा ढिला हुनपुग्यो । असारपछि महिला तथा बालबालिका कार्यालय खारेज भएकाले क्षतिपूर्ति रकम पनि निकासा हुन सकेन। 

जिल्ला अदालतबाट असार २६ गते मात्रै पत्र पुगेको थियो । प्रक्रिया पु‌‌र्‍याएर पठाउँदा ढिला हुन पुगेको अदालत स्रोतको भनाइ छ। महिला तथा बालबालिका कार्यालयले स्थानीय तह (कावासोती नगरपालिका)को महिला तथा बालबालिका शाखालाई क्षतिपूर्तिका लागि पत्र लेख्यो तर नगरपालिकामा पनि कोष नभएकाले क्षतिपूर्ति उपलब्ध गराउन नसकिएको महिला तथा बालबालिका कार्यालय शाखा कावासोतीकी निर्मला पौडल बताउँछिन्। 

'यहाँ कोष नहुँदा हामीले नगरपालिकाबाट क्षतिपूर्ति दिन सकेनाैँ तर बालिकाको सबै कागजात महिला, बालबालिका तथा ज्येष्ठ नागरिक कार्यालय काठमाडाैँमा पुर्याएका छौँ । त्यहाँ पनि अहिले काम रोकिएको भन्ने खबर पाएका छौँ । त्यसैले ढिला भएको हो,” पौडेलले भनिन्। 

shivam cement
shivam cement

प्रकाशित मिति: बिहीबार, माघ २४, २०७५  १५:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ?
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध?
रेशम चौधरी पक्राउ प्रकरण :  विष्टलाई थप दुई दिन हिरासतमा राख्न अनुमति
सम्बन्धित सामग्री
बिदामा पनि पठनपाठन गराउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रालयले विज्ञप्ति जारी गर्दै विस २०८१ चैत महिनामा सञ्चालन गरिएको शिक्षक तथा कर्मचारीको काठमाडौँ केन्द्रित आन्दोलनका कारण सामुदाय... बिहीबार, जेठ १, २०८२
भोजपुरमा वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रम दायित्व संस्थाका कोशी प्रदेश संयोजक भविन विश्वकर्माका अनुसार गाउँपालिका भित्रका  ४० जना उद्यमीलाई छनोट गरिएको छ । बुधबार, वैशाख ३१, २०८२
बिहेमा खाजा खाँदा जन्तीसहित एक सय बढी बिरामी जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धीबाट गएराति ठेरा कचुरीमा पुगेको जन्ती स्वयम्बर सकिए पछि खाजामा बुनियाँ, रसबरीलगायतका अनिय मिस्ठान्न... सोमबार, वैशाख २९, २०८२
ताजा समाचारसबै
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
रेशम चौधरी पक्राउ प्रकरण :  विष्टलाई थप दुई दिन हिरासतमा राख्न अनुमति बिहीबार, जेठ १, २०८२
निर्मला पन्त प्रकरण : गाली बेइज्जती मुद्दामा पत्रकार भण्डारीलाई एक महिना कैद बिहीबार, जेठ १, २०८२
कम्युनिष्ट पार्टी नयाँ धरातलबाट हिँड्नुपर्छ : झलनाथ खनाल बिहीबार, जेठ १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
मोहन बस्नेतको सांसद् पद निलम्बन बिहीबार, जेठ १, २०८२
महिलाको हत्या गरी फरार भएका पन्त पक्राउ बुधबार, वैशाख ३१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्