काठमाडौं- १६ वर्षीय बालिकालाई बलात्कार गरी ३ महिनादेखि फरार एक अभियुक्त पक्राउ परेका छन्।
कात्तिकको दोस्रो हप्तामा बालिकालाई बलात्कार गरेको अभियोग लागेका मकवानपुर कैलाश गाउँपालिका–३ का २३ वर्षीय प्रवीन भन्ने विष्णुप्रसाद भुजेललाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
भुजेलले बालिकालाई आफ्नो नाम परिवर्तन गरी फोनमार्फत बोलाएर कैलाश–१० स्थित जङ्गलमा बलात्कार गरेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।