काठमाडौं- बाँकेको नेपालगन्जस्थित वन कार्यालयमा कार्यरत रेन्जर जगवीर खत्रीसहित तीन जनालाई अख्तियारले नियन्त्रणमा लिएको छ।
निजी नम्बरी जग्गामा लगाएका विभिन्न जातका गोलिया काठ टाँचा लगाई छुटपुर्जी दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग गरेको आरोपमा अख्तियारले नियन्त्रणमा लिएको हो। घुस माग गरेको सूचना र उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा उनीहरुलाई लिएको हो।
रेन्जर खत्रीसहित फरेस्टरद्वय बहादुर केसी, केशवबहादुर वली र वन रक्षक हरी कुमार चन्दलाई सेवाग्राहीबाट लिएको १० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको अख्तियारले जनाएको छ।
बुधबार नियन्त्रणमा लिएका उनीहरुमाथि अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।