विराटनगर– सुनसरीको देवानगन्ज–३ स्थित नयाँ हटियामा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका देवनारायण मेहताको उपचारको क्रममा आज मृत्यु भएको छ।
बुधबार साँझ साढे ६ बजे कप्तानगन्जबाट–देवानगन्जतर्फ जाँदै गरेको को३४प ८७९८ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका ५० वर्षीय मेहतालाई ठक्कर दिएको थियो।
गम्भीर घाइते भएका उनलाई विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार भएकाले खोजी भइरहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।