काठमाडौं– नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको अनेरास्ववियु (क्रान्तिकारी)ले घोषणा गरेको देशव्यापी शैक्षिक हड्तालले पठनपाठन प्रभावित बनेको छ।
शैक्षिक सत्रको अन्त्यतिर विद्यालय बन्द गरिँदा पढाइ तथा विद्यार्थीको भविष्यमै असर गर्ने अभिभावकले बताएका छन्।
आफ्ना केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियु (क्रान्तिकारी)ले आज देशभरका शैक्षिक संस्था हड्तालको घोषणा गरेको हो।
विश्वकर्माको रिहाइको माग गर्दै क्रान्तिकारीले माघ १८ देखि नै विरोध र्याली, कोणसभा, मशाल जुलुसलगायतका कार्यक्रम गर्दै आएको छ।
सरकारको कार्यशैलीको भत्र्सना गर्दै पार्टीले नेता विश्वकर्माको रिहाइको मागसमेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।