मुग्लिन- चितवनमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
मुग्लिनबाट काठमाडौं जाँदै गरेको ग३ख ३२६९ नम्बरको बसले लु५प ६८५६ नम्बरको मोटरसाइकललाई पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित कुरिनघाटमा बुधबार राति ९ः४५ बजे ठक्कर दिएकाे थियाे।
बसकाे ठक्करबाट मोटरसाइकलमा सवार सोही गाउँपालिका-४, लेवाटारका ३८ वर्षीय भीमबहादुर थापाको मृत्यु भएको मुग्लिन इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नवीन बुढाथोकीले जानकारी दिए। ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।