जनकपुर- शिक्षा विकास निर्देशनालय प्रदेश २ ले शुक्रबार पनि बिहान १० देखि ४ बजेसम्म अनिवार्य विद्यालय सञ्चालन गर्न सामुदायिक विद्यालयहरुलाई पत्र पठाएको छ।
विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्न तोकिएको समयलाई पूर्ण सदुपयोग गरी थप समयमा समेत सिकाइ कार्य गर्नुपर्ने आवश्यक्ता भएकाले विद्यालयलार्य समुदायमा भएका विभिन्न क्षेत्रका प्रतिभा अनुभवी र विज्ञहरु समेतको सहयोग लिन निर्देशनालयले अनुरोध गरेको हो।
शुक्रबार समेत विद्यार्थीको सहभागितामा सहक्रियाकलापहरू सञ्चालन गर्न सामाजिक विकास मन्त्रालयका सबै पालिका र शिक्षा विकास तथा समन्वय इकाइलाई पत्र कार्यन्वयनमा सहयोग, समन्वय र अनुगम गरिदिन निर्देशनालयले आग्रह गरेको छ।
निर्देशनालयका निर्देशक रामाकान्त शर्माले पाठ्यक्रममा बिहान १० देखि बेलुकी ४ बजेसम्म कक्षा सञ्चालन गर्ने पाठ्यभार भए पनि प्रदेशका केही विद्यालयको अनुगमन गर्दा विद्यालयमा कक्षा १०ः३० देखि मात्र पठनपाठन सुरु गर्ने गरेको पत्रमा उल्लेख गरेका छन्।
आफ्ना बालबालिकालाई पौने १० बजे विद्यालयमा पुग्ने गरी पठाइदिन र समय व्यवस्थापनमा सहयोग गरिदिन अभिभावक तथा सम्पूर्ण सरोकारवालाहरूमा समेत निर्देशनालयले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।