जनकपुर- प्रदेश २ को मुख्यमन्त्री लालबाबु राउतले धनुषाको लक्ष्मिनियाँ गाउँपालिका–१ मा माघ २९ गतेदेखि सुरु हुन लागेको महायज्ञ स्थलको बुधबार निरीक्षण गरेका छन्।
महायज्ञ स्थलको निरीक्षणपछि मुख्यमन्त्री राउतले मुलुकमै पहिलो चोटी हुन लागेको महायज्ञले मानव कल्याणका साथै धार्मिक र सांस्कृतिक महत्वलाई उजागर गरिने विश्वास व्यक्त गरे।
उनले महायज्ञको व्यवस्थापनमा सरकारबाट हुन सक्ने हरेक प्रकारको सहयोग प्राप्त हुने विश्वास दिलाए।
महायज्ञमा शेष नागको पेटभित्र १ हजार ८ मूर्तिको निर्माण गरी रामायण र कृष्णलिलालाई प्रदर्शन गरिएको छ।
२१ दिनसम्म चल्ने महायज्ञमा राम नाम सकिर्तन, कोटीहोम लगायतको कार्यक्रम राखिएको आयोजकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।