काठमाडौं- आगामी फागुन ३, ४ र ५ गते काठमाडौंको भृकुटीमण्डपमा ‘कर्णाली बृहत प्रर्दशनी’ हुने भएको छ।
मुलुकलाई समृद्ध बनाउने सम्भावनाहरुको खानी रहेका कर्णालीको समग्र पक्षबारे सिंगो देशलाई जानकारी गराउने उद्देश्यका साथ सो प्रर्दशनी काठमाडौंमा गर्न लागिएको बताइएको छ। कर्णाली प्रदेशका सम्भावनाका विषयमा सिंगो मुलुकलाई जानकारी गराउने उद्देश्यले सो प्रर्दशनी काठमाडौंमा आयोजना गर्ने निर्णय लिइएको प्रर्दशनी आयोजक समितिका संयोजक उपेन्द्र शाहीले जानकारी दिए।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले कर्णाली सभ्यता, संस्कृति र प्राकृतिक सम्पदाको दृष्टिले सम्पन्न भएकाले सो बारे काठमाडौंलाई विस्तृत जानकारी गराउने सामग्री प्रर्दशनीमा राखिएको बताए।
‘हाम्रा गौरवको पानाहरु र सम्भावनाका खानीहरुको उत्सव’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको सो प्रर्दशनीमा १ लाख बढीले अवलोकन गर्ने अपेक्षा आयोजकको गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।