ललितपुर- युवा चित्रकार अजय देशारको एकल चित्रकला प्रदर्शनी सम्पन्न भएको छ। ‘एलौरिङ डिभाइन’ नाम दिइएको सो प्रदर्शनी पाटन संग्राहलय तथा योङ पिकासोद्धारा संयुक्त रूपमा आयोजना गरिएको हो।
प्रदेश ३ का सांसद चेतनाथ सञ्जेल, नेपाल पर्यटन बोर्डका सिइओ दीपकराज जोशी, पर्यटन बोर्डका बोर्ड सदस्य कृष्ण अर्याल तथा पाटन संग्राहलयका कार्यकारी प्रमुख सन्दीप खनालले क्यानभासमा चित्र कोरी प्रदर्शनीको उद्घाटन गरेका थिए।
संस्कृतिसँग सम्बन्धित विषयलाई आफूले चित्रको मुख्य विषयवस्तु बनाएको देशारले बताए। उनको यो आठौं एकल प्रदर्शनी हो।
प्रदर्शनीमा २० वटा चित्रहरू राखिएका छन्। यो आगामी फागुन ५ गतेसम्म चल्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।