ललितपुर- ललितपुर महानगरपालिकका मेयर चिरिबाबु महर्जनलाई सहयोगापेक्षी सडकमानव (बाटोमा माग्ने) मुक्तमुक्त सहर बनाउने बताएका छन्।
बुधबार ललितपुरमा मानव सेवा आश्रमको कार्यक्रममा बोल्दै महानगरका मेयर चिरिबाबु महर्जनले महानगरलाई सहयोगापेक्षी सडकमानव मुक्त बनाउने गरी आवश्यक पूर्वाधार बनाउन थालिएको बताएका हुन्।
महानगरले सहयोगापेक्षी सडकमानवका लागि आश्रयभवन बनाउने, स्वास्थ्य उपचार गराउने तथा परिवार मिलन गराउने गरी सरोकारवाला निकायसँग बहुपक्षीय छलफल भैरहेको बताएका हुन्।
मेयर महर्जनले भने, 'अहिले काठमाडौँ उपत्यकालाई नै कसरी सहयोगापेक्षी सडकमानव मुक्त बनाउने भन्ने बारे छलफल चलिरहेको छ। उपत्यकाभित्रका १६ नगरपालिका र २ महानगरको संयुक्त बैठकमा सहयोगापेक्षी सडकमानवको उचित व्यवस्थापन गर्दै मुक्त सहर बनाउने प्रस्ताव लगिने छ।'
ललितपुर महानगरले आगामी आर्थिक वर्षबाट मानवीय र सामाजिक कार्यमा उल्लेख्य बजेट व्यवस्था गरी कार्यक्रम बनाउने पनि बताए।
ललितपुर महानगरपालिकाले मानव सेवा आश्रमको सहयोगमा सहयोगापेक्षी सडकमानव संकलन गरी आश्रयस्थलमा पठाउने गरेको छ। मानव सेवा आश्रमले आफ्ना विभिन्न शाखाहरुमा करिब १ हजार ७ सय ५० सहयोगापेक्षी सडकमानवको उद्धार गरी आश्रय दिइरहेको छ।
संस्थाले सडकमा भेटिएका सहयोगापेक्षीहरुको पुनर्मिलन पनि गराउँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।