काठमाडौं- सरकारी गाडी जलाउने कार्यमा संम्लग्न तीन कार्यकर्तालाई रिहा गर्न नेपाली कांग्रेस केन्द्रीय कार्य समितिले सरकारसँग माग गरेको छ।
‘सरकारका जनविरोधी कदमहरूका विरुद्ध गरिने कुनै पनि कार्यक्रम शान्तिपूर्ण ढंगले गरिनु पर्छ भन्ने हाम्रो प्रष्ट मान्यता छ,’ केन्द्रीय समितिको निर्णयमा भनिएको छ, ‘तर शान्तिपूर्ण प्रदर्शनका क्रममा कतिपय दुःख् घटना पनि हामीकहाँ वर्षौदेखि हुँदै आएका छन्।’
गत शनिबार पोखरामा सरकारी गाडी जलाउने कार्यमा लागेका नेपाल विद्यार्थी संघका परशुराम बस्नेत, डिफान भुजेल र विनय पौडेललाई मुद्धा चलाई हिरासतमा राखिएको छ।
माघ २१ गतेको प्रदर्शन सकिए पश्चात धनुषा, सबैला नगरपालिका -१० खरियानी टोलका पार्टी सदस्य उमेश कापडीलाई कम्युनिस्ट पार्टीका कार्यकर्ताले गरेको आक्रमणको विरोध गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।