काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा भातृ संगठन नेपाल विद्यार्थी संघ विघटन गरी तदर्थ समिति गठन गर्नुपर्ने प्रस्ताव गरिएको छ। उपसभापति विमलेन्द्र निधिले यस्तो प्रस्ताव राखेका हुन्। यसमा वरिष्ठ नेता रामचन्द्र पौडेलको पनि सहमति छ भने कृष्ण प्रसाद सिटौलाले भने प्रतिवाद गरेका छन्।
केन्द्रीय समितिको बैठकमा निधिले बोल्दै निधिले दुईपटक कार्यकाल थपेको संघले समयमा १२औं महाधिवेशन गर्न नसकेको भन्दै विघटनको प्रस्ताव गरेका हुन्।
निधिको प्रस्तावलाई अर्का नेता कृष्ण सिटौलाले भने प्रतिवाद गरेका थिए। अन्य संगठनको वर्षौ अधिवेसन हुन नसक्ने तर नेविसंघ तुरुन्तै विघटन गर्ने प्रस्ताव उपयुक्त नभएको बताए। वर्तमान कार्य समितिलाई केही समय थपेर निर्वाचित कार्य समितिबाट नयाँ कार्य समिति ल्याउनुपर्ने उनको भनाइ थियो।
वरिष्ठ नेता रामचन्द्र पौडेलले निधिको प्रस्तावमा सहमति जनाएका थिए। तदर्थ समिति बनाउँदा बृहत्तर हित हुने गरी गठन गर्न उनको राय थियो।
केन्द्रीय समितिको अर्को बैठक बिहिबार बिहान ११ बजे बस्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।