काठमाडौं– पूर्वमन्त्री तथा नेकपा सांसद महेश बस्नेतले निर्मला पन्तको विषय मानवअधिकारवादी र मिडियाका लागि गरिखाने विषय भएको बताएका छन्।
बुधबार संसद्मा निर्मला पन्त प्रकरणमा सांसद र मन्त्रीबीचको प्रश्नोत्तर कार्यक्रममा बस्नेतले भने, 'प्रतिपक्षीका लागि यो राजनीति गर्ने विषय भयो।'
सरकारको प्रशंसा गर्दै उनले मिडिया, मानवअधिकारवादी तथा प्रतिपक्षीलाई आरोपित गरेका हुन्।
'तत्कालीन एसपी विष्टलाई बर्खास्त गरेर अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको छ,' बस्नेतले भने, 'विष्टलाई एसपी बनाएर त्यहाँ राखिराख्ने तत्कालीन नेतृत्वका साथीहरु कोको हुन्, अनुसन्धानको दायरा उतातिर पनि केन्द्रित हुन अनुरोध गर्छु।'
गृहमन्त्री रामबहादुर थापाले आफूहरु त्यही दिशामा नै अगाडि बढिरहेको जवाफ दिएका थिए। विष्टसँग सम्बन्धित विषयमा सरकार अवगत र गम्भीर भएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।