काठमाडौं – नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भेनेजुएलाको राजनीतिक संकटबारे नेपालको संसदमा पनि छलफल हुनुपर्ने माग गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सुवालले भेनजुएलामा अमेरिकी हस्तक्षेप भएको र त्यसबारे सरकारको स्पट धारणा आउन नसकेको बताए। ‘भेनेजुएकाका राष्ट्रपति मादुरोले आफ्नो देशमा अमेरिकाको हस्तक्षेप बढाउँदै लगे ह्वाइट हाउसमा रगतको खोलो बग्ने चेतावनी दिएका छन्,’ सुवालले भने, ‘भेनेजुएलाको तेलखानी कब्जा गर्न मादुरोको विपक्षमा अमेरिका लागेको हो।’
सो विषयमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वक्तव्यबाट नेकपा पछि हटेको आशंका पनि उनले गरे। सुवालले भने, ‘सरकार, सरकारमा रहेको पार्टी र संसदमा पनि यो विषय छलफल हुनुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।