काठमाडाैं- निर्माता लायन कृष्ण खनालको निर्माणमा रहेको चलचित्र 'ब्वाइफ्रेन्ड'को पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ।
निर्माण टिमले फिल्मका तीन नयाँ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो। फिल्म फागुन १० गतेबाट प्रदर्शनमा आउने भएको छ।
सार्वजनिक पोस्टरमा फिल्मको सम्पूर्ण पात्रको लुक्स र फिल्मको कथावस्तु प्रस्ट्याउने कोसिस गरिएको छ। युवा पिढीमा मौलाएको ब्वाइफ्रेन्ड र गर्लफ्रेन्ड बनाउने मात्र नभएर अभिभावकले आफ्ना छोराछोरीप्रति जिम्मेवारी बहन नगर्दा हुने परिणाम कस्तो हुन्छ भन्ने विषयलाई चलचित्रमा समेटिएको छ।
बुढाथोकी फिल्मस् प्रोडक्सन प्रालिको ब्यानरमा निर्मित चलचित्र 'ब्वाइफ्रेन्ड'मा सरोज खनाल, महिमा सिलवाल, पुष्कर रेग्मी, मोहन निरौला, सोनम थापा, मञ्जु श्रेष्ठ, श्यामकुमार मिश्र, पूजा थापा, सोभा भण्डारी, आयुष्मा खतिवडा, कृष्ण खनाल, पवन खनाल, आकाश बम्जन, शेखर केसीलगायतका कलाकारको अभिनय रहेको छ।
चलचित्रका निर्देशक मदन घिमिरे, सहनिर्देशक जिवन गौतम हुन् भने द्वन्द्व शंकर महर्जन, संगीत टंक बुढाथोकी, नृत्य पुनम राई, निर्माण सल्लाहकार सानुकाजी श्रेष्ठ, लेखन मौनता श्रेष्ठ, कथा कृष्ण चापागाईं, क्यामारा कृष्ण श्रेष्ठको रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।