काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले टेलिकममा रणनितिक साझेदार आवश्यक नभएको बताएका छन्।
मन्त्री बाँस्कोटाले नेपाल टेलिकमको १५औं वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै यस्तो अभिव्यक्ति दिएका हुन।
मन्त्री बाँस्कोटाले सरकार आफैं नेपाल टेलिकमको सेवा विस्तार गर्दै सञ्चालन गर्न सक्ने अवस्था हुँदा हुँदै रणनीतिक साझेदार आवश्यक नरहेको तर्क गरेका हुन्।
मन्त्री बाँस्कोटाले रणनीतिक साझेदारका लागि टेलिकमले सम्पत्ति तथा दायित्वको मूल्यांकन गरिरहेको अवस्थामा यस्तो अभिव्यक्ति दिएका हुन्।
टेलिकममा विदेशी रणनीतिक साझेदार ल्याउनु भनेको हात्तीलाई घाँस खुवाए बराबर हुने मन्त्री बाँस्कोटाको भनाइ थियो।
मन्त्री बाँस्कोटाले 'नेपाली जनताबाट चलेको टेलिकमको सम्पति जनताकै हो' भन्दै जनतालाई नै वितरण हुने बताए।
साथै मन्त्री बाँस्कोटाले जनताको रगत र पसिनाबाट संकलन भएको रकम विदेशीलाई बाँड्ने काम कदापि नगर्ने र हुन पनि नदिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।