मेलम्ची– सिन्धुपाल्चोकमा भएका छुट्टाछुट्टै दुर्घटनामा सोमबार दुईको मृत्यु भएको छ।
विद्युत्को तार चलाउने क्रममा करेन्ट लागेर मेलम्ची नगरपालिका–१२ निवासी आइमान तामाङको मृत्यु भएको छ।
करेन्ट लागेर उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमा मृत्यु भएको बताइएको छ। घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए।
यसैगरी पाँचपोखरी थाङ्पाल गाउँपालिका–१ बासखर्कमा स्थानीय वीरबल तामाङ गोठमा मृत अवस्थामा फेला परेको स्थानीयवासीले बताएका छन्।
पहिचान हुन नसकेको उक्त शवलाई परीक्षणका लागि मेलम्ची स्वास्थ्य चौकी ल्याइएको प्रहरी निरीक्षक दर्नालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।